फोरमको दुई दिने मधेश बन्दका कारण अर्घाखाँची लगायतका जिल्लाहरु प्रभाबित

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

– गणेश चुदाली

बुटवल शुक्रबार, अप्रिल ,०९, २०१० – मधेशी जनअधिकार फोरमको आह्वानमा भएको दुई दिने मधेश बन्दका क्रममा लुम्बिनी अाचलका तराईक्षेत्रका तिन जिल्लाहरु रुपन्देही कपिलबस्तु र नवलपरासीका आर्थिक क्षेत्रहरु प्रभाबित बनेका छन् ।

रुपन्देहीको सदरमुकाम भैरहवामा रहेको बेलहिया भन्सार नाकाबाट आयात निर्यात आज ठप्प भएको छ । बेलहिया भन्सार नाका राजश्व संकलनका लागी बिरगन्ज पछी दोश्रो ठुलो भन्सार नाकाका रुपमा रहेको छ । बन्दका कारणले भारतबाट मालसामान लिएर आएका मालबाहक भारतिय ट्रकहरु भारततर्फ नै रोकिएका छन् । बेलहिया नाका हुदै आउने भारतीय पर्यटक बाहनहरुलाई भने रोकीएको छैन् ।

जिल्लाका उद्योग कलकारखानाहरु समेत बन्द रहेका छन् । त्यस्तै जिल्लाका प्राय सबै बैंक तथा बित्तिय सस्था फाईनान्स कम्पनी बजारहरु समेत बन्द रहेका छन् ।

पुर्ब पश्चिम राजमार्गमा समेत यातायातका साधन ठप्प छन् भने बुटवलबाट पाल्पा हुदै काठमाण्डौ पोखरा बाग्लुंग गुःल्मी अर्घाखाँचीका लागी यातायातका साधन चलेका छन् । उता नवलपरासीका ब्यापारीक केन्द्र रामग्राम परासी बजार पनि पुर्ण रुपमा बन्द रहेको थियो भने नवलपरासीको महेशपुर भन्सारमा पनि आयात निर्यात ठप्प रहेको थियो ।

त्यस्तै गरी जिल्लाका अन्य बजारहरु सुनवल बर्दघाट अरुणखोला कावासोती लगायतका स्थानमा पनि बजार कलकारखाना बित्तिय सस्थाहरुमा बन्दको प्रभाब परेको थियो । त्यस्तै गरी कपिलबस्तु सदरमुकाम तौलीहवा ब्यापारीक केन्द्र कृष्णनगर चन्द्रौटा लगायतका ठाउमा पनि बन्दले आर्थिक कृयाकलाप ठप्प हुन पुगेका छन् ।

 

—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ ।

अन्य समाचारहरु