आगालागीले घर जलेपछि खिल्जीका ८ घर परिवार खुल्ला आकास मुनी बस्न वाध्य

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

– गणेश खनाल

सन्धिखर्क अर्घाखाँची । आगालागीले घर जले पछि अर्घाखाँचीको खिल्जी गाविसका ८ घर परिवार खुल्ला आकास मुनी बस्न वाध्य भएका छन्  ।

खिल्जी गाविस वाड नं ७ कि्रलुकमा विहीवार दिउसो लागेको आगालागीमा ८ घर गोठ जलेर नष्ट्र भएका थिए । आगोले घरमा रहेका सबै सामान  अन्नपात र लत्ताकपडा जलेपछि उनीहरु अहिले छिमेकीको आश्रय लिएर बसेका छन् ।

आठ घर परिवारका ५५ जना ब्यक्ति घरबाहार विहिन भएका छन् । आगोलागी पिडीतलाई नेपाल रेडक्रस सोसाईटी अर्घाखाँची शाखाले राहात वितरण गरेको छ । आगोलागी पिडीतलाई कि्रपाल कम्मल  कपडा भाडाकासेट  चामल  तेल दाल तथा नुन वितरण गरेको हो ।

त्यस्तै स्थानीय शिब थापा र जीवलाल बन्जाडेले पनि चामल तथा दाल वितरण गर्नु भएको रेडक्रसका उपसभाति कुशल भुसालले बताउनु भएको छ ।

रेडक्रसका सभापति शम्भु पोख्रेलको नेतृत्वमा गएको टोलीले राहात वितरण गरेको हो । आगालागीमा झण्डै ३० लाख बराबरको क्षती भएको थियो भने १८ बाख्रा ४ भैसी ४ गाई पनि आगोले जलेर नष्ट भएका थिए ।

 

 —————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ ।

अन्य समाचारहरु