बिज्ञापन – विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.
बिनोद गैरे, रेडियो अर्घाखाँची
सन्धिखर्क अर्घाखाँची । घरेलु तथा साना उध्ााेग बिकाश साखा कार्यालय अर्घाखाँचीको आयोजनामा ३ महिने बासको सामाग्री बनाउने तालीमको एक कार्यक्रमका बिच स्थानिय बिकाश अधिकारी पुण्य बिक्रम पौडेलले मैन बत्ती बालेर उद्घाटन गर्दै स्थानिय स्तरमा यस्ता किसिमका आयमुलक तालीम प्रदा गरेर केहि हद सम्म बेरोजगारीलाई अन्त गर्न सकिने हुदा सबैलाई कि्रयासिल रहेर तालीम लिन आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर के.सी, नेपाली काग्रस अर्घाखाँचीका जिल्ला उप सभापति बिष्णु मुस्कान एकिकृत माओबादीका रामलाल पराजुलि सर्बोतकृष्ट जिबन शास्वत चिन्तनका बिबेक श्रेष्ठ सामुदायिक रेडियो अर्घाखाँचीका स्टेशन म्यानेजर बिष्णु प्रसाद आर्चाय र बिनोद गैरे, महेन्द्र बिधाबोध उच्च माध्यामिक बिधालयका प्राचार्य ठाकुर पन्थि लगायतले तालिम लिनु र दिनु मात्र ठुलो कुरा नभई त्यसलाइ ब्यबाहारिक प्रयोजनमा ल्यायर ब्याबसायिक रुयमा लैजान सकेमा मात्र दिर्ग लाभ हुने बताउनु भएको थियो ।
स्थानिय राजनैतिक दल कार्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता बल्कोट गाउ बिकाश समितिका सचिब राम नाथ भुसालले गर्नुभएको कार्यक्रमको साचालन घरेलु तथा साना उधोग बिकास कार्यालय अर्घाखाँची लेखा साहायक बिष्व राज आर्चाय ले गर्नु भएको थियो ।
तालीममा बल्कोट केरुङ्गा छत्रगंज लागायतका गा.बि.सबाट १० जना प्रशिक्षार्थी सहभागी रहेका छन् ।
कार्यक्रमा सहभागी सम्पुर्णलाई स्वागत साथै तालीमको सहजीकरण घरेलु तथा साना उधोग बिकाश कायौलयका बरिष्ठ अधिकृत शिब संकर बानियाले गर्नु भएको थियो ।
हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी umakantapandey@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।