आणविक सुरक्षा शिखर सम्मेलन वाशिङटनमा सम्पन्न

दुई दिने आणविक सुरक्षा सम्मेलन हिजो तेह्र तारिख दिउँसो अमेरिकाको वशिङटनमा सम्पन्न भयो। उक्त सम्मेलनमा प्रकाशित संयुक्त वक्तव्यले अन्तर्राष्ट्रिय सहयोगलाई सबल पार्ने, आणविक सुरक्षाको प्रत्याभूतिका लागि प्रभावकारी कदम जारी रहने कुरामा जोड दिएको छ।

      उक्त वक्तव्य अनुसार, आणविक आतंकवाद अन्तर्राष्ट्रिय सुरक्षाका लागि चुनौती रहेको र त्रास-धम्की मध्ये यो नै मुख्य भएको जनाएको छ। उक्त वक्तव्यमा विभिन्न मुलुकले अन्तर्राष्ट्रिय सहयोग गरी आणविक सुरक्षाको प्रभावकारी रुपमा संरक्षण गर्न प्रयास गर्ने कुरामा जोड दिइएको छ।

      यसका साथै उक्त शिखर सम्मेलनमा "वाशिङटन आणविक सुरक्षा शिखर सम्मेलनको कार्य-योजना"प्रकाशित गरिएको छ।

      अमेरीकी राष्ट्रपति श्री ओबामाले उक्त सम्मेलन सम्पन्न भएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उक्त शिखर सम्मेलनमा ठूलो सफलता प्राप्त भएको कुरा बताउनुभयो।

 

       जानकारी अनुसार, चीनका राष्ट्राध्यक्ष हु चिन थाउलगायत 47 वटा मुलुकका नेतागण र प्रतिनिधिहरु तथा संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय परमाणविक उर्जा एजेन्सी र युरोपेली संघ आदि अन्तर्राष्ट्रिय र क्षेत्रीय सङ्गठनका प्रतिनिधिहरु उक्त सम्मेलनमा सहभागी हुनुहुन्थ्यो।