संघियता लागू गरे आन्दोलन गर्छौं अर्घाखाँची पुगेका महासचिव आचार्यको भनाइ

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg 

बिनोद गैरे- रेडियो अर्घाखाँची

सन्धिखर्क अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका केन्द्रिय महासचिव डिलाराम आचार्यले नेपाली जनताको इच्छा विपरित मुलुकलाई जर्वजस्ती संघियतामा लगिए जनआन्दोलन गर्ने चेतावनि दिनुभएको छ ।

सहासचिव आचार्यले अखिलनेपाल युवक संघ अर्घाखाँची द्धारा पकलेमा आयोजित जनसभालाई सम्वोधन गर्दै नेपाल जस्तो सानोदेशमा संघियताको कुनै औचित्य नभएको वताउदै नयाँ संबिधानमा संघियता लागू गरिए मुलुक टुक्रन सक्ने वताउनुभयो । उहाँले नेपालका प्रमुख राजनैतिक दलहरु संविधान निर्माणमा भन्दा सत्ता लिप्सामा लागि परेको आरेाप लगाउदै जनताको म्यान्डेड अनुसार संविधान निर्माणमा केन्द्रित हुन प्रमुख तिन दलका नेताहरुलाई आग्रह गर्नु  भएको छ ।
 
महासचिव आचार्यले अहिलेको प्रमुख आवश्यकता शान्ति र संविधान निर्माण भएको प्रसंङ्ग उल्लेखगर्दै सरकारले जनताको ज्ाीउ धनको रक्षा गर्नुपर्ने बताउनु भयो ।

उहाँले दलहरु गैर जिम्मेवार वन्दा मरिसकेको राजतन्त्रले पनि टाउको उठाउने प्रयत्न गरेको प्रति चिन्ता व्यक्त गर्दै  सम्भावित खतरा प्रति सचेत हुन दलहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर के।सी ले संघियताको विरोधमा गाउँ गाउँबाट आवाज उठाउनुपर्ने वताउनुभएको थियो ।

अखिलनेपाल युवकसंघका जिल्ला अध्यक्ष बाबुराम पन्थीको अध्यक्षता र कृष्ण बेल्वासेको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल युबकसंघका केन्द्रिय उपाध्यक्ष कमल खनाल  मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रिय महासचिव कृष्ण के.सि अखिल नेपाल महिला संघकि केन्द्रिय उपाध्क्ष सकुन्तला राना हुम बहादुर िसंह ठकुरी लगायतका वक्ताहरुले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको विच विचमा रक्तिम सांस्कृतिक परिवारका कलाकारहरुले गित तथा नृत्य प्रश्तुत गरेका थिए ।

—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ । 

अन्य समाचारहरु