मेरो देश

– ढुण्डि राज पाण्डे
बल्कोट -२ अर्घाखाँची अमर पोखरि
(हाल यु० ए० इ०)

हरीयो बन चारैतीर ठुला अती ठुला पर्बत
ग्रिस्मरितुको सिर्सिरे हावा मलाई लाग्छ सर्बत ,
शितका थोपा पातभरी मुस्कुराइ हेर्छ धौलगिरी
माछापुछ्रे कंचनजङ्घा मायाँले गाउछन रेशम फिरिरी ,
उत्तरतिर हिमालय पर्बत दक्षिणतिर मधेश तराई
पुर्बमा पुर्बेली पश्चिममा देउडा पंक्षि बोल्छन रमाइ ,
उकाली ओराली लोक भाका सबै सँगै खेल्दै बयेली 
साग र सिस्नु सम्झन्छु यँहा साथमा गाएको कोइली ,
अहा!कती राम्रो त्यो सुन्दर पाखा पखेरो अनी पधेरो
सुन्दर प्राक्रितिक संगै सप्तरंङी इन्द्रेणि लुकामारी गरेको ,
डाँफे, मुनाल, गैडा, हात्ती, साथमा म्रिग,बाघ,कस्तुरी
नदी नाला सुन्दर पवनसगै छङ छङ गर्दै सुस्तरी ,
श्री खन्ड,रुद्राक्ष्य,जुही,चमेली, चम्पा,फुलेका पालुवा,
शान्त निस्छल स्वच्छ मनोरम द्रिस्य सुन चम्कने बालुवा,
धर्ती पुत्रीको रुपमा अवतार लीइ आउनु भयो जान्की माता
बस्नु भयो शिव पार्वती साथैमा तेतिसकोटि देबी देवता ,
उच्च शिर सैधै हाम्रो मुस्कुराउदै सगरमाथा
आन्तिम सुर्योदय सम्म भन्न पाँउ मैले जन्मभुमी माता ।