बिबिध जनबादी कार्यक्रम सहित नया बर्ष २०६७ को यूएइमा स्वागत

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg 

 

नेपाली नयाँ बर्ष २०६७ सालको उपलक्ष्यमा नेपाली जनप्रगतिसिल मन्च यूएई ले नयाँ बर्षको शुभकामना आदान-प्रदान तथा जनबादी बनभोज कार्यक्रम गत शुक्रवार अर्थात अपि्रल १६ तारिख २०१० का दिन सम्पन्न गरेको छ। मन्चमा सबैतिर संगठित भयका संगठनका संगठित सदस्यहरु बिच अझै राम्रो सम्बन्ध स्थापित गराउन,  नयाँ-नयाँ साथीहरु बिच एक-अर्कामा  परिचयात्मक कार्यक्रम सहीत बिभिन्न जनबादी कार्यक्रम साथै परिवारिक बातावरणमा बनभोज कार्यक्रम  आयोजना गरी मन्चले सबै प्रबासी नेपालीहरुको तर्फबाट सबैलाई नयाँ बर्षको शुभकामना  ब्यक्त गरेको छ।

यूएई र ओमानको सिमानामा पर्ने अतेन्तै सुन्दर हत्ता भन्ने ठाउमा  भयको ऊक्त बनभोज कार्यक्रममा नेपाली जनप्रगतिसिल मन्चको सहायक संगठन जनसस्कृतिक बिभगले बिभिन्न किसिमका  जनबादी सांस्कृतिक  प्रस्तुतीहरु प्रस्तुत गरेर कार्यक्रमलाई   रोचक बनायको थियो भने अन्य बिभिन्न किसिमका हास्यब्यङात्मक प्रस्तुतीहरु, सामसामयिक  राजनैतीक प्रशिक्षण तथा बिभिन्न अन्तरकृयात्मक कार्यक्रमहरु   पनि प्रस्तुत गरियको थियो। मन्चमा संगठित सदस्यहरु, पत्रकारहरु तथा संगठनलाई माया गर्ने बिभिन्न क्षेत्रबाट करिव २०० जनाको उपस्थित रहेको  सो कार्यक्रमले आ-आफ्न अनुभबहरु आदान-प्रदान गरी   एक आपसमा भाबनात्मक सम्बन्ध बिस्तार गर्दै एकले आर्कालाई गहिरो रुपमा अझै नजिकबाट  बुझने  अपेक्षा गरियको मन्चका पूर्व महासचिब रमेश बेल्बासेले जानकारी गराउनुभयको थियो।

मन्चका कार्यबाहक  अध्यक्ष  उत्तम अधिकारिको अध्यक्षतामा सम्पन्न भयको उक्त बनबोज तथा नयाँ बर्ष शुभकामना  आदन प्रदान कार्यक्रममा उपस्थित सबैलाई संगठनको तर्फबाट  संगठनका केन्द्रिय सचिब तारानाथ न्यौपानेले कार्यक्रममा स्वागत गर्दै नयाँ बर्षको उपलक्षमा शुभकामना ब्यक्त गर्नुभयको थियो । त्यसै गरी  कार्यक्रममा स्वागत मन्तब्य राख्दै पत्रकार महसंघका उपाध्यक्ष खेमनाथ पौडेल, नेपाल ईनेपालि अन्लाइनका संचालक अर्जुन दाहाल लगायतले पनि नयाँ बर्षको शुभकामना ब्यक्त गर्नु भएको थियो।
 
संगठन स्थापना काल देखी नै निरन्तर रुपमा कृयासिल भइ  संगठनलाई सबै शोषित पीडित मजदुरहरुको तह  सम्म पुर्र्याइ मन्चलाई आज यो उचाइसम्म पुर्याउन ठुलो भूमिका निर्बाह गर्नुभयका संगठनका पूर्व महासचीब रमेश बेल्बासे यू ए इ छाडेर जान लागेकाले उहाले संगठनमा बसेर हाल सम्म खेल्नुभयको भूमिकाको उच्च प्रसंसा गर्दै उहाको  बाँकी जिबनको पनि सफलताको कामना गर्दै मन्चले  उहालाई दोसल्ला ओढायर बिधाइ  गरेको थियो। बिधाइ कार्यक्रममा बोल्दै उहाले  आफु यू ए इ छाडेर  दुनियाँको जुना सुकै कुनामा पुगे पनि  सिङगो नेपाली  क्रान्ति र  पार्टी  प्रती  सधैं नै इमान्दार र प्रतिबद्ध भइ लागिरहने प्रतिबद्धता ब्यक्त गर्नु भयको थियो।   

नयाँ बर्ष २०६७ सालको सुरुआतसगै बर्ष २०६६ मा पुराहुन नसकेका सबै सकारात्मक प्रयासहरु यो बर्षमा पुरा गर्न सकियोस हामी  सबैको चाहना अनुसारको  जनसंबिधान निर्माण गरी मुलुकमा दिर्घकालिन शान्ति सुब्यबस्था कायम गरी नयाँ नेपाल बनाउने दिसामा सबैलाई नयाँ उर्जाका साथ अघी बढने प्रेरणा मिलोस सबै नेपाली दाजुभाई दिदीबैनी तथा आमाबुवाहरुमा सुख शान्ति र सुस्वास्थ्यको कामना गर्दै नेपाली ईतिहासमै बर्ष २०६७ कोसेढुङ्गा सबित होस सबैमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ कार्यक्रम लाई समापन गर्दै मन्चका कार्यबाहक अध्यक्ष उत्तम अधिकारी ले भन्नु भयो। कार्यक्रम संगठनका महासचिब श्याम पारीयारले सन्चालन गर्नुभएको थियो।  – तारानाथ न्यौपाने, दुबइ

 

—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com

  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।