बिज्ञापन – विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.
– वीरेन्द्र केसी – अर्घाखाँची सहयोगी
किमडाँडा, अर्घाखाँची – कतार जान छाडेर पशु पालनमा लागेका किमडाँडाका मेघराज बञ्जाडेले दुध बेचेर मनग्य आम्दानी गरेका छन ।पाँच वर्ष कतारमा काम गरेर घर फर्की दुई वर्ष देखी पशु पालन र खेती किसानमा लागेका उनले अहिले दुध बेचेर लाखौ रुपैया आम्दानी गर्न सफल भएका छन । घरमा दुई वटा मुर्रा भैसी र चार वटा दुहुना जर्सी गाई पालेका छन । गाई र भैसीबाट उनले दैनिक २० लिटर दुध बेच्दै आएका छन । विदेशमा जति दुख गरिन्छ त्यती आफनो देशमा दुख गर्ने हो भने लाखौ रुपैयाँ आम्दानी गर्ने मात्र होईन नेपाल स्ईजरल्याण्ड भन्दा राम्रो बन्छ, उनी भन्छन, खेती किसान गरेपनि सुन फलाउन सकिन्छ ।
गाई र भैसीको दुध बेचेर मासिक १० देखी १५ हजारसम्म आम्दानी गर्न सकिएको उनले बताए । विदेश जान छाडेर उनले दुई वर्ष देखी व्यावसायिक रुपमा पशु पाल्न शुरु गरेका हुन । तरकारी खेतीबाट पनि उनल ेमासिक १० हजार जति आम्दानी गर्छन । किमडाँडाका अर्का किसान चन्द्रमणी बञ्जाडेले पनि दुध बेचर मासिक १० हजार आम्दानी गर्छन । पशु पालनमा लागेका यहाँका किसानले दुध बेचेर राम्रो आम्दानी गरेका छन ।
किमडाँडाका २६ जना किसानले व्यावसायिक रुपमा दुधको लागि जर्सी गाई भैसी पालेका छन । उनीहरुले मुर्रा र जर्सी गाई सबैका घरमा पालेका छन । गाउँका सबै जनाले एकै ठाउँ दुध जम्मा गरेर संकलन गरेको दुधले सन्धिखर्कको सुपा देउराली डेरी उद्योग सञ्चालन भएको छ । यहाँबाट दैनिक दुइृ सय लिटर दुध डेरीमा जाने गर्छ । डेरी सञ्चालकहरु दुघ किन्न घरमै जाने गर्छन । जर्सी गाईले धेरै दुध दिने भएपछि अभियानको रुपमा जर्सी गाई पाल्न थालेका छन । घर खर्च चलाउन मुस्किल पर्ने घरमा पनि दुध बेच्न थालेपछि उनीहरुको जीवन फेरिएको छ ।
किमडाँडाका ६५ वषर्ीय किसान मनिराम आचार्यले दुध बेचेको आम्दानीले राम्रोसँग परिवारमा खर्च चलाएका छन । भारतमा नोकरी गर्दा केही गर्न सकिएन तर यहाँ दुध बेचेर धेरै परिवर्तन गर्न सकियो उनले भने, दुई वटा जर्सी गाईको दुध बेचेर सबै खर्च कटाएर वषर्ीक ५० हजार आम्दानी हुने गर्छ । दुध बेचेर मनग्य आम्दानी हुन थालेपछि गाउँका सबैले पशु पालन तर्फ आर्कषिर्त भएका छन । उनीहरुले पालेको जर्सी गाईले एक पटकमा १६ टिरसम्म दुध दिने गर्छ । एक वर्ष अघि लम्बिनी सामाजिक विकास केन्द्रले गाउँमा जर्सी गाई ल्याईदिएपछि सबैले व्यावसायिक रुपमा गाई पाल्न थालेका हुन । दुधका लागि जर्सी गाई पाल्न केन्द्रले एक घर एक जर्सी गाई वितरण गरेपछि गाउँले उत्साहित भएका छन ।
गाउँमा अहिलेसम्म २५ वटा जर्सी गाई वितरण गरिएपछि गाउँका किसानले दुध बेचेर राम्रो आम्दानी गरेको केन्द्रका अध्यक्ष ईन्द्रमणी पौडेलले बताए । किसानले जर्सी गाईको पाल्नको लागि माग बढदै गएको उनले बताए । एक वर्ष अघि केन्द्रले विरगज र काठमाडौबाट २५ वटा दुहुना गाई ल्याएर गाउँमा वितरण गरेको थियो । दुध बचेर सबै किसानले कम्तिमा १० देखी २० हजारसम्म मासिक आम्दानी गरेका छन । गाउँलेले विहान बेलुका संकलन केन्द्रमा दुध जम्मा गर्छन । लक्ष्मी दुग्ध उत्पादन समुहका अध्यक्ष गणेश बञ्जाडेका अनुसार जर्सी गाईले दैनिक १६ लिटर दुध दिने गर्छ । प्रतिलिटर ३० रुपैयाँमा बिक्री हुने गर्छ, दिनमा दुधबाट पाँच सय रुपैया आम्दानी हुन्छ । उनका अनुसार गाउँमा जर्सी गाई पाल्ने अभियान सञ्चालन गर्ने योजना रहेको बताए । किमडाँडा गाउँमा विदेश जानमा रोक लगाईएको छ ।
विदेश जान भन्दा आफनै देशमा काम गरे लाखौ रुपैयाँ कमाउन सकिने भएकाले विदेश जानमा रोक लगाईएको उनले बताए । गाउँले जम्मा भएर दुई वर्ष अघि यस्तो नियम बनाएका हुन । गाउँमा पढको र बुद्धिजीवि नभएपछि केही विकास हुन नसक्ने भएकाले पुरुषलाई विदेश जान रोक लगाएका हौ बञ्जाडेले भने, त्यसपछि कोही गएका छैनन, जागिर गर्ने बाहेक अरु सबैले पशु पालन र तरकारी खेती गरेका छन । किमडाँडा गाउँमा करिब एक हजार सय घर छन ।
हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com
मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी umakantapandey@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।