अर्घाखाँचीका सामुदायिक वन-घरगोठमा दिनहु आगालागी,करोडौ नोक्सान- (तस्बिर सहित)

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

– वीरेन्द्र केसी, सम्पादक

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँची डट्कम) – अर्घाखाँची जिल्लाका अधिकाश सामुदायिक वन र घर गोठमा दिनहु जसो आगालागी भएको छ । आगालागीबाट करोडौको नोक्सान भएको छ । जिल्लाका अधिकाश सामुदायिक वनमा डढेलोको कारण करोडौ रुयौका काठ, जडिबुटी र जंगली जनावर नष्ट भएका छन । आगालागीले दर्जनौ घर गोठ जलेर खरानी भएका छन। 

जिल्लाका विभिन्न ठाउ"मा लागेको आगालागीले करोडौको नोक्सान पर्‍ुयाएको छ । आगालागि हुने र रोकथामको कारणबारे जनचेतनाको कमीले डढेलो लाग्ने क्रम बढदै गएको छ । डढेलोले धेरै जसो सामुदायिक वन सखाप भएका छन । घर गोठ र वनमा आगो सक्लेपनि नियन्त्रण गर्न नसक्दा सबै जलेर नष्ट भएका हुन । पछिल्लो पटक बुधवार जिल्लाको किमडा"डा गाविसको खहरे सामुदायिक वनमा लागेको डढेलोले  २ करोड भन्दा बढीको काठ जलेर नष्ट भएका छन । करिब ४० हेक्टर वनमा लागेको डढेलोले घा"स, बहुमुल्य जडिबुटी काठ जलेर नोक्सान भएको छ । जंगलबाट लागेको आगो गाउ"सम्म पुगेपछि ३० घरपरिवारले घरभित्रका सामान लिएर बाहिर भागेको थिए ।

डढेलो नियन्त्रण गर्न नसक्दा जंगल सकिएर किमडा"डाका सात गोठ जलेर नष्ट हुदा २५ लाख बराबरको नोक्सान भएको प्रहरीले जनाएको छ । स्थानीय सर्वसाधारण र नेपाली सेनाले छ घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । जिल्लामा आगालगीले बुधवार सबैभन्दा धेरै वन जलेको स्थानीयले बताए । वनमा आगो लागेपछि नियन्त्रण गर्न समस्या पर्ने भएकाले जंगलमा रहेका चराचुरुङ्गी, जंगली जनावर, बाघ, भालु, चितुवा खरायो, चौवडा, गिद्ध लगायतका जंगली जनावर पनि जलेर मरेका छन । बढदो गर्मीसगै आगालगी हुने क्रम पनि बढदै गएको गाउलेले बताए । धेरैजसो सामुदायिक वनमा डढेलो लाग्दा लाखौका विरुवा नष्ट भएका छन । 


धेरै जसो साल र सल्लोको रुख भएका वनमा लगेको डढेलोले वन र वस्ती नै सखाप पार्ने गरेको छ । अहिले सम्म जिल्लाका ३५ वटा सामुदायिक वनमा डढेलो लागेको छ । डढेलोले घास जडिबुटी, जंगली जनावर र मुल्यवान काठ जलेर ३ करोड भन्दा बढीको नोक्सान भएको जिल्ला वन कार्यालयले जनाएको छ । धेरै जसो सिद्धारा, जलुके जुकेना, वाङ्गला, अर्घातोष, ठाडा, खिल्जी, ढाकावाङ्ग लगायतका गाविसमा बढी नोक्सान भएको छ । राष्ट्रिय र सामुदायिक वन डढेलोले नष्ट भएका छन । खिल्जी गाविसमा ८ घरथारो जलेर अन्न र लत्ताकपडा गरी २५ लाखको नोक्सान भएको थियो । आगालागीबाट अहिलेसम्म जिल्लामा २० घरगोठ ६५ चौपाय जलेर मरिसकेका छन । पानीको मुहान सुकेका र जंगल क्षेत्र सुख्खा भएको र गत वर्षको तुलनामा यस वर्षलामो खडेरी लागेकाले डढेलो लाग्ने क्रम बढदै खएको लौरी सामुदायक वन सिद्धाराका अध्यक्ष वखनजन आलेले बताए ।


 जिल्लाकै सबैभन्दा धेरै वन क्षेत्र भएको सिद्धारा गाविसमा डढेलोबाट धेरै नोक्सान भएको उनले बताए । डढेलोबाट बोट विरुवा नष्ट भएको उनले बताए । डढेलो नियन्त्रण गर्न साधन नहुदा वन  जोगाउन कठिनाई परेको स्थानीयले बताए । जिल्लामा धेरै ठाउमा डढेलो लाग्नुको कारण स्थानयी बढी होसियार नभएकाले डढेलो लाग्ने क्रम बढेको जिल्ला वन अधिकृत सुरेश सिंले बताए । डढेलो नियन्त्रण गर्न रेडियो र पम्पलेट बाहेक सुचना मुलक कार्यक्रम गर्न नसिकने उनले बताए । घना जंगलले ढाकेको जिल्लाका महाभारत चुरे वन श्रृंखलाको क्षेत्रमा लागेको डढेलोका कारण अहिले सम्म ६ हजार हेक्टर जंगलमा डढेलो लागेको वनले जनाएको छ । वनमा दिनहु जसो आगालगि भएर वन सखाप हुदा समेत जिल्ला वन र सम्बन्धित निकायले चासो नदिएको गाउलेले गुनासो गरेका छन ।

 
"माथिका सम्पूर्ण तस्बिरहरु सम्पादक वीरेन्द्र केसीले लिनुभएको हो।"

—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा पठाउनुहोला । तपाईंका समाचार-सामाग्री बाहेक अन्य केही सुझाव-सल्लाह भए:-  

मेहर सिंह के.सी सस्थापक, प्रमुख meharsinghkc@sandhikharka.com
वीरेन्द्र केसी, सम्पादक, birendrakc@sandhikharka.com वा editor@sandhikharka.com
गणेश चुदाली, सम्पादन सहयोगी 
ganeshchudali@sandhikharka.com,
बिनोद गैरे, सम्पादन सहयोगी
binodgaire@sandhikharka.com

एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ । 

अन्य समाचारहरु