बिज्ञापन – विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.
-गणेश चुदाली, सम्पादन सहयोगी
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) – बैशाख देखि संचालन भई साउनमा सम्पन्न भएको दोश्रो चरणको राष्ट्रिय साक्षरता अभियान २०६५/०६६ को हालसम्म पनि पारिश्रमिक नपाएपछि कार्यक्रमका निरीक्ष्क तथा स्वयंसेवकहरुले आज जिल्ला शिक्षा कार्यालयमा ज्ञापन पत्र पेश गरेका छन् ।
ज्ञापन पत्रमार्फ जिल्ला शिक्षा कार्यालय, जिविसको कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अर्घाखाची समेतलाई बोधार्थ दिंदै राष्ट्रिय साक्षरता अभियान २०६५/०६६ को सम्बन्धित कार्यालयबाट यथासिघ पारिश्रमिक उपलब्ध गराउन सो अभियानमा खटिएका निरीक्षक तथा स्वयंसेवकहरुले माग गरेका छन् ।
यदि सो को बेवास्ता गरेमा आगामी बैशाख १६ गते बिहान १० बजेदेखि जिल्ला शिक्षा कार्यालय र जिविस अर्घाखाचीमा तालाबन्दि गर्ने समेत जिल्लाका ४२ वटै गाविसका निरीक्षक तथा स्वयंसेवकहरुले ज्ञापन पत्र मार्फ चेतावनी दिएको हाम्रा सहकर्मी शेषकान्त ओसनले जानकारी दिनु भएको छ ।
हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा पठाउनुहोला । तपाईंका समाचार-सामाग्री बाहेक अन्य केही सुझाव-सल्लाह भए:-
मेहर सिंह के.सी सस्थापक, प्रमुख meharsinghkc@sandhikharka.com
वीरेन्द्र केसी, सम्पादक, birendrakc@sandhikharka.com वा editor@sandhikharka.com
गणेश चुदाली, सम्पादन सहयोगी ganeshchudali@sandhikharka.com,
बिनोद गैरे, सम्पादन सहयोगी binodgaire@sandhikharka.com