बिज्ञापन – विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.
विशेष सम्पादकिय
– वीरेन्द्र केसी –
चार वर्षअघि अर्थात आजको दिन जति उत्साहपुर्वक जनता सडक उत्रिएका थिए तर अहिले त्यो उत्साह निराशा र शिथिलतामा पुगेको छ । निरकुश शासनको विरोध र लोकतन्त्र स्थापनाको लागि ०६२/६३ को आन्दोलनमा लाखौ जनता सडकमा उत्रिएर ल्याएको लोकतन्त्रको अपेक्षा अनुसार काम हन नसक्दा जनतामा दलहरुप्रति वितृष्णा जागेका छ ।
देशमा स्थायी शान्ती कायम र संविधान जारी गरिसक्नुपर्ने सपनाहरु लोकतन्त्र आएको चार वर्षम्म पुरा हुन सकेनन । स्थायी शान्ती, दिगो विकास र संविधान निर्माणका जस्ता काम बीचमै अडकिएका छन । जनआन्दोलनको लक्ष्य र अपेक्षा अनुसार दलहरु लाग्न नसक्दा मुलुक फेरी मुडभेडतर्फधकेलिने संभावना देखिएको छ ।
जेठ १४ गते भित्र संविधान जारी हुने संकेत छैन । अर्को तर्फ ठुला दलहरु राजनैतिक सहमती सहकार्यबाट लक्ष्य पुरा गर्नुको साटो कर्र्ची लोपको तानातानमा अल्झिदा फेरी हिंसात्मक द्धन्दको चपेटा भोग्नु पर्ने स्थिति आउने संकेत देखिएको छ । सत्ता बाहिर रहेको सबैभन्दा ठुलो दल माओवादीले बैशाख १८ गते मजदुर दिवसको दिनबाट संर्घष् गर्ने भनि देशब्यापी रुपमा गाउ" गाउ"मा युवालाई शारीरिक तालिम दिदा अब फेरी मुठभेट हुने हो की भन्नेमा सबै शसकिंत भएका छन ।
सरकारले माओवादीलाई सत्ता कब्जा गर्न खोजेको आरोप लगाउनु र माओवादीले आफनो नेतृत्वमा सरकार नभएसम्म संघष गर्ने । उता सरकारले पनि माओवादीसित मुकाबिला गर्न र्सतर्क रहन सुरक्षा निकायलाई निर्देशन दिएको छ । आखिर जे भएपछि मुलुक फेरी मुडभेडतर्फधकेलिने संभावना यसले दर्शाउछ । दलहरु सत्ता र गुट उपगुट भन्दा माथि उठेर राष्टिय सहमतीमा पुग्न जरुरी छ । दलहरुले आफनो स्वार्थ्य भन्दा माथि उठेर राष्टिय हितको निम्ति माथि उठेको खण्डमा लोकतन्त्र संथागत हुन सक्छ । जनआन्दोलनको लक्ष्य अनुसार दलहरु अगाडी बढन नसक्दा लोकतन्त्र दिवस मनाउन शुन्यता छाएको हो ।
लोकतान्त्रिक आन्दोलनको उत्साहलाई निरुत्साहिमा धकेलिएको छ । अत सहमती सहकार्य गरी शान्ती प्रक्रियालाई तार्किक निष्र्कषमा पुयाउन र संविधान जारी गर्न दलहरु एकजुट हुनको विकल्प छैन । सबै क्षेत्रबाट दवाव दिन जरुरी छ ।
हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा पठाउनुहोला । तपाईंका समाचार-सामाग्री बाहेक अन्य केही सुझाव-सल्लाह भए:-
मेहर सिंह के.सी सस्थापक, प्रमुख meharsinghkc@sandhikharka.com
वीरेन्द्र केसी, सम्पादक, birendrakc@sandhikharka.com वा editor@sandhikharka.com
गणेश चुदाली, सम्पादन सहयोगी ganeshchudali@sandhikharka.com,
बिनोद गैरे, सम्पादन सहयोगी binodgaire@sandhikharka.com