बन्दूकले नभई जनताप्रतिको विश्वासले मात्र आन्दोलन सफल हुने – प्रधानमन्त्री

काठमाडौं – प्रधान मन्त्री तथा मूल समारोह समितिका अध्यक्ष माधवकुमार नेपालले बन्दूकले नभई जनताप्रतिको विश्वासले मात्र आन्दोलन सफल हुने बताएका छन्। उनले लोकतन्त्र दिवस-२०६७ का अवसरमा आयोजित मूल समारोह (२०६७ वैशाख ११, टुँडिखेल, काठमाडौ“) मा दिएका मन्तव्यमा उनले यस्तो बताएका हुन।

प्रधान मन्त्रीको पूर्ण पाठ
सम्माननीय राष्ट्रपतिज्यू,
सम्माननीय उपराष्ट्रपतिज्यू,
सम्माननीय प्रधानन्यायाधीशज्यू,
सम्माननीय संविधानसभाका अध्यक्षज्यू,
आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू †

लोकतन्त्र दिवस– २०६७ को यस अवसरमा नेपालमा लोकतन्त्र स्थापनाका लागि विगतमा भएका सबै जनआन्दोलनहरूमार्फत निरङ्कुश शासन व्यवस्थाका विरुद्धको लडाइँमा सहादत प्राप्त गर्ने वीर सहिदहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु। जनताको अधिकार र स्वतन्त्रताका लागि निरङ्कुश सर्वसत्तावादी शासकका विरुद्ध डटेर मुकाबिला गर्दा अङ्गभङ्ग भई कष्टकर जीवन जिउन बाध्य सबै योद्धाहरूप्रति राज्यका तर्फबाट उच्च सम्मान प्रकट गर्दछु। साथै, ऐतिहासिक जनआन्दोलनमा अपूर्व साहस, वीरता र सौर्यका साथ भाग लिई निरङ्कुश राजतन्त्रलाई पराजित गर्ने आदरणीय जनसमुदायलाई अभिवादन गर्न चाहन्छु।

आजको दिन नेपालको इतिहासमा एक युगान्तकारी दिनका रूपमा अङ्कित छ। शान्तिपूर्ण जनआन्दोलनमार्फत जनताले चाहेको परिवर्तन सम्भव छ भन्ने उदाहरण हामीले दुनियाँलाई दिएको दिन हो आज। एकपछि अर्को गर्दै कसिँदै गएको निरङ्कुशताको गाँठोलाई सधैंका लागि समाप्त पारेर हामीले आजभन्दा चार वर्षअघि आजकै दिन मुलुकमा लोकतन्त्र स्थापना गरेका थियौ“। हाम्रा हातमा बन्दुक थिएन, हामीसँग कुनै सशस्त्र जत्था थिएन। तर, हामीमा जनताप्रति अपूर्व विश्वास थियो, भरोसा थियो। हामीले जनताको बलमा आन्दोलन सुरु गरेका थियौ“ र जनताकै बलमा यसलाई विजयमा पुर्‍याएका थियौ“। यसले एक्काइसौ“ शताब्दीको आन्दोलन कस्तो हुन्छ र कसरी हुन सक्छ भन्ने मान्यता पनि स्थापित गरिदिएको छ भन्ने मलाई लाग्दछ।

जनताभन्दा बलियो अर्को कुनै बल छैन, जनताभन्दा शक्तिशाली अर्को कुनै शक्ति छैन र जनताभन्दा दीर्घजीवी अर्को कुनै संस्था छैन। हामीलाई लामो समयसम्म गलत पाठ पढाइयो, निश्चित व्यक्ति, परिवार र संस्थालाई राष्ट्रिय एकताको आधारका रूपमा चित्रित गरियो। तर, त्यो यथार्थ थिएन। राष्ट्रिय एकताका आधार भनेका यहा“का आम जनता हुन् अर्थात् विभिन्न जात–जाति, भाषा–भाषी, कला–संस्कृति हुन्। जनताबाहेक त्यस्तो अर्को कुनै शक्ति छैन, जसले राष्ट्रियताको संरक्षण गर्न सक्छ, राष्ट्रिय एकता निर्माण गर्न सक्छ। त्यसैले जनताको बलमा स्थापित लोकतन्त्रलाई हामीले जनताकै बलमा बलियो बनाउनुपर्दछ, जनताकै बलमा फलाउनु–फुलाउनुपर्दछ।

लोकतन्त्र स्थापनाका लागि आन्दोलनमा उत्रिन आह्वान गर्दादेखि संविधानसभाको निर्वाचन हु“दासम्म हामीले जनताका सामु केही वाचाहरू गरेका छौ“। हामीले जनतालाई एक/दुई वर्षमा पूरै नेपाल बदलिन्छ, कायापलट हुन्छ भनेका छैनौ“। तर, एउटा कुरामा पटक–पटक वाचा गरेका छौ“– हामीले फेरि–फेरि लोकतन्त्रका लागि यसैगरी लडिरहनुपर्ने छैन। अर्थात् हामी अब स्थायी लोकतन्त्र स्थापना गर्दछौ“। त्यसैका लागि हामीले राजतन्त्रलाई सधै“का लागि समाप्त गरेका छौ“, राज्यलाई सबै नागरिकको अभिभावकका रूपमा स्थापित गर्ने प्रत्यत्न गरेका छौ“। तर, हाम्रा कार्यभारहरू अझै पूरा भएका छैनन्। अहिलेसम्मका यी सबै निर्णय, पहल र प्रयत्नहरूलाई संस्थागत गर्न बा“की छ। जननिर्वाचित संविधानसभाबाट नया“ संविधान नबनाई हामीले यो कार्यभार पूरा गर्न सक्दैनौ“। संविधान निर्माण गरेर मुलुकलाई स्थायित्व प्रदान गरेपछि मात्रै हाम्रो परिवर्तनको एक चक्रले पूर्णता लिन्छ र त्यसपछि दीगो शान्ति र राजनीतिक स्थायित्वको धरातलमा हाम्रो मुलुकमा आर्थिक विकासको नया“ युग सुरु हुन्छ।

दलहरूको सहमति, सहकार्य र एकताका आधारमा हामीले विगतमा असम्भव जस्तै लाग्ने कामहरू पनि गरेका छौ“। तर, यतिबेला सहमतिको यात्रामा चुनौती देखा परेका छन्। यसबाट जनतामा आशङ्काहरू पैदा भएका छन्, अन्योल सिर्जना भएको छ। यही मौका छोपेर पुनरुत्थानवादीहरूले टाउको उठाउने दुस्साहस गर्न थालेका छन्। त्यसैले मेरो विनम्र आग्रह छ– फुटेर होइन, जुटेर अघि बढौ“, बेमेलबाट होइन, मेलबाट समस्या समाधान गरौ“, आरोप–प्रत्यारोपबाट होइन, छलफल र बहसबाट समस्या समाधान गरौ“। विगतमा पनि थुप्रै विमतिहरूका बीचमा हामीले सहमतिको यात्रा गरेका थियौ“। अहिले पनि हाम्रो विचारमा विविधता छ, कार्यशैलीमा भिन्नता छ। किनभने, हामीले फरक–फरक विचारधारा बोकेका छौ“। तर, लोकतन्त्रलाई संस्थागत गर्ने प्रश्नमा हामी हाम्रा ती तमाम मान्यताहरूबाट माथि उठ्नैपर्दछ। र, जनताको चाहना अनुरुपको नया“ संविधान लेख्नैपर्दछ। आजको यस दिनमा म सबै राजनीतिक दलहरूको ध्यान यसतर्फ गम्भीर रूपमा आकर्षित गर्न चाहन्छु।

लोकतन्त्रको आन्दोलन शान्ति र स्वतन्त्रतास“ग जोडिएको थियो। हामीले यी दुई कार्यभारलाई नया“ संविधानमार्फत मात्रै संस्थागत गर्न सक्दछौ“। अहिले पनि माओवादी सेनाका लडाकुहरू अस्थायी शिविरहरूमा छन्, उनीहरूका हतियारहरू पनि शिविरमै छन्। उनीहरुको समायोजन र पुनःस्थापना नभई शान्ति प्रक्रियाले पूर्णता पाउ“दैन र शान्ति प्रक्रियाले पूर्णता नपाई नया“ संविधान बन्न सक्दैन। त्यसैले हामीले सबभन्दा पहिला शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउनै पर्दछ। यसका लागि पूर्वसहमति र समझदारीहरूमा इमानदारीका साथ उभिन, अन्तर्राष्ट्रिय मान्यता र प्रचनलहरूलाई आत्मसात् गर्न र जनताको शान्तिको आकाङ्क्षालाई सम्मान गर्न म सबैको ध्यानाकर्षण गर्न चाहन्छु।

लोकतन्त्रको लडाइ“ लड्दा सहिद र आमजनसमुदायले देखेका सपनाहरू अझै पूरा भएका छैनन्। ती अधुरा सपनाहरूलाई पूरा गर्ने जिम्मेवारी तपाईं–हाम्रा काँधमा छ। यदि हामी यस काममा चुक्यौ“ भने इतिहासले भोलि हामीलाई माफ दिने छैन। लोकतन्त्र दिवसका अवसरमा म यही आह्वान गर्दै सम्पूर्ण जनसमुदायलाई फेरि एकपटक बधाई दिन चाहन्छु।
धन्यवाद ।

अन्य समाचारहरु