पर्सा – भारतका गृहमन्त्री पीचिदम्बरमले भारतको रक्सौल र नेपालको वीरगंजमा निर्माण हुने एकिकृत जाँच चौकीले भारतको सुरक्षा सम्बन्धी चिन्ताहरुलाई कम गर्ने बताएका छन् ।
वीरगंजको सीमावर्ती भारतीय सहर रक्सौलको पनटोक्कामा भारतले निर्माण गर्न लागेको एकिकृत जाँच चौकीको शिलान्यास समारोहलाई शनिबार सम्बोधन गर्दै चिदम्बरमले उक्त कुरा बताएका हुन् ।
उनले भारतको सुरक्षा सम्बन्धी चिन्ताहरुको कारण सुदृढ सीमा प्रबन्धन जरुरी रहेको र यस उदेश्यका लागि यस्तो प्रणालीहरु स्थापित गर्न आवश्यक रहेको बताए । यहाँ निर्माण हुने चौकीले सीमापारबाट व्यापार र वाणिज्यलाई सुगम बनाउनको साथ यी चिन्ताहरु पनि हटने बताए ।
उनले भारतको अन्र्तराष्ट्रिय सीमामा एकिकृत जाँच चौकीको स्थापना एक ठूलो पहल भएकाले यसलाई भारत सरकारले आफ्नो ११ औं पंच वर्षीय योजनाको दौरान छ सय ३५ करोड भारतिय रुपैयाका प्रारम्भिक लगानीमा योजनागत रुपमा सुरु गरेको बताए ।
प्रारम्भिक चरणमा भारतको अन्र्तराष्टिय भू-सीमामा प्रमुख निर्दीष्ट प्रवेश /निकास स्थलहरुमा १३ एकिकृत जाच चौकीको कल्पना गरीएको उनले बताए । भारतिय भूमि पतन प्राधिकरण नामक एक साम्विधिक निकाय पनि चाडैनै अस्तित्वमा आउने उनले बताए ।
यो निकायको स्थापना पछि यस्ता एकीकृत जाच चौकीहरुको विकास,प्रबन्धन तथा अनुरक्षणका कार्य यो निकायले गर्ने उनले बताए ।
करीब एक सय २० करोड रुपैयाका लागतमा रक्सौलमा निर्माण हुने उक्त एकिकृत जाच चौकीको निर्माण जुन २०११ सम्म सम्पन्न गरीने तथा यसमा मानिस,वाहन तथा सामानहरुको सीमा पारबाट आवागमनका लागि आधुनिक आवश्यक सुविधाहरु उपलब्ध हनु सक्ने उनले बताए ।
यसबाट छिमेकी नेपालको साथ भारतको व्यापार तथा वाणिज्यमा वृद्धि हुने पनि उनले बताए । गृहमन्त्री यो परीयोजनाबाट चीदम्बरमले एक अर्का मुलुकबिचको मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ हुने पनि बताए । यो चौकी बिहारमा आफ्नो किसिमको पहिलो चौकी हुने उनले बताए । बिहारको जोगबनीमा दोश्रो एकीकृत जाच चौकी पनि चाडैनै निर्माण सुरु हुने पनि उनले बताए ।
समारोहलाई सम्बोधन गर्दै चिदम्बरमले भारतको केन्द्रीय सरकारले एक हजार सात सय ५२ करोड रुपैयाको लागतमा नेपाल भारत सीमामा दुई हजार दुई सय किलोमिटर लामो सडक निर्माण गर्न लागेको र जसमध्ये बिहारमा मात्र पाच सय ६४ किलोमिटर सडक हुने बताए ।
बिहारका मुख्य मन्त्री नीतीश कुमारले यो परियोजनाले भारत र नेपालकोबिच आर्थिक एवम् व्यावसायिक गतिबिधिहरुलाई सहुलित गर्ने बताए । उनले अत्याधुनिक उपकरणहरु एवम् आधारभूत संरचनाहरुबाट सुसज्जित यो परीयोजनाको कार्यान्वयनबाट दुबै मुलुकको बिच व्यापार,कर असूली,प्रवर्द्धनसंग जोडिएको समस्याहरुको निदान हुने पनि बताए ।
मुख्यमन्त्री कुमारले यो परीयोजनाबाट दुबै मुलुकका आमनागरीकहरुकाबिच आपसी सद्भावलाई प्रेरणा दिने बताए । परीयोजनाबाट दुबै देशकाबिच सुरक्षाबिषयक मुद्दाहरुमा कार्वाही गर्न सहज हुने पनि उनले बताए । परीयोजनाको प्रारम्भ भएपछि यो क्षेत्रको विकास एवम् आवागमनको सुरक्षाहरुमा पनि वृद्धि हुने उनले बताए ।
भारत सरकारले यो परीयोजना निर्माण गर्ने निर्णय लिएर भारत तथा नेपालको आम जनताकोबिच आपसी भाइचारा र मैत्रीको एक नया अध्याय जोडेको बताए । यो परीयोजनाका लागि जग्गा अधिग्रहण कार्यमा मुआब्जा बितरणमा भएको विवाद तत्कालै समाधान हुने पनि उनले आश्वासन दिए ।
सीमामा भारतिय सशस्त्र प्रहरी बलको उपस्थितिका कारण स्थानिय बासिन्दाहरुसंग समय समयमा हुने विवादले आफूलाई चिन्तित गराउने भएकाले भविष्यमा यस्तो विवाद आफूले सुन्न नपरोस् भनि प्रहरी बललाई निर्देशन दिएका थिए । भारत र नेपालबीचको सीमामा बिहार सरकारले पाच सय ६४ किमी लामो सडक निर्माणका लागि केन्द्रीय सरकारलाई आग्रह गरेकोमा केन्द्रीय सरकारले त्यस बारे बिहार सरकारसंग केही प्राविधिक कुरा सोधपुछ गरेकोमा त्यसको जवाफ पनि दिई सकिएकाले केही दिन भित्रै यो सडक परीयोजना निर्माण सुरु हुनेमा आफू आशावादी रहेको बताए ।
आफ्नो भाषणको क्रममा त्यहा उपस्थित जनसमुदायका पटक पटक ताली पाएका कुमारले महात्मा गान्धीले सन् १९१७ मा बिहारको यसै क्षेत्रबाट आन्दोलन सुरु गरेको पवित्र भूमी रहेको स्मरण गराएका थिए ।
उनले अपराध गर्नेलाई कानूनको दायरमा ल्याउन थालिए पछि बिहारमा अपराध कम भएको दाबी गरे । बिहारको बोधगयामा हालै एक जापानी महिलालाई बलात्कार गर्ने अपराधीहरुलाई दुई दिनमै पक्राउ गर्न सकिएको घटनाको उनले उदाहरण दिए ।
बिहारले देशको प्रगतीमा योगदान गर्न चाहेको बताउदै कुमारले बिहारको सडक निर्माण जस्तो आधारभूत संरचनामा केन्द्रीय सरकारको सहयोग चाहेको पनि बताए । बिहारले केन्द्रसंग पैसा नमाग्ने बताउदै मुख्यमन्त्रि कुमारले बिहारलाई केन्द्र सरकारले बिशेष राज्यको रुपमा दर्जा दिए बिहारले आफै प्रगति गर्ने पनि बताए ।
भारतले रक्सौलमा निर्माण गर्न लागेको एकीकृत जाच चौकीमा सीमा शुल्क,आप्रवासन,सीमा सुरक्षा,क्वारेन्टाइन जस्ता संपूर्ण सुविधा उपलब्ध हुने छ । भारतको राइटस् कम्पनीले यो चौकीको निर्माणको ठेक्का लिएको छ । यसै कम्पनीले नेपाल तर्फ पनि यस्तै भौतिक संरचना निर्माण गर्ने छ ।