आफूलाई वित्तीय उद्धार गर्नु प-यो भनी ग्रीसको सरकारले अनुरोध गरेपछि उक्त वाचा गरिएको हो।
ग्रीसलाई ६० अरब डलर ऋणको प्रतिबद्धता भइसकेको छ तर यो योजनाको विस्तृत विवरण तय हुन बाँकी छ।
आशा
आउँदो मे महिनाको शुरुसम्म ऋण उपलब्ध भइसक्ने आशा गरिएको छ।
अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको वाशिंगटनमा शनिबार अबेर बस्ने बैठकमा ग्रीसको ऋण संकटनै मुख्य विषय हुने अनुमान गरिएको छ।
वित्तीय सहयोगका लागि ग्रीक सरकारले गरेको अनुरोध अनुसार तुरुन्त काम गर्ने वाचा गरेको कोषले अझ कडा मितव्ययिताका उपायहरु अपनाउन एथेन्समाथि दबाब दिने अनुमान गरिएको संवाददाताहरुले बताएका छन।
यसले थप हडताल र विरोधको संभावना बढाउनेछ।
ग्रीक मजदुर युनियनले थप मितव्ययिताका कदमहरु विरुद्ध अर्को साताको शुरुमा ठूलो हडताल गरेर विरोध चर्काउने बताइसकेको छ।
उद्धारको एउटा शर्तका रुपमा पेन्सन घटाइन सक्ने उनीहरुको डर छ।
कसैकसैको विचारमा भने उद्धार योजनाले अल्पकालीन राहत मात्र दिनेछ।
ग्रीसलाई अर्को वर्ष थप उद्धारको जरुरत पर्नेछ अनि ठूलो घाटा भोगिरहेका युरोजोनका अरु देशहरुले पनि मद्दतका लागि अपील गर्न सक्नेछन।
विरोध
विश्वका २० शक्तिशाली अर्थतन्त्र भएका देशहरुको समूह जी ट्वेन्टी ले ग्रीसमा समस्या भएपनि विश्व अर्थतन्त्र दशकौंको खराब मन्दीबाट सोचेभन्दा चाँडो उक्सिरहेको बताएको छ।
अधिकारीहरुले के कुरामा आश्वस्त गर्न खोजिरहेका छन भने ग्रीक अर्थतन्त्र अरु ओरालो लाग्नेछैन।
ग्रीसमा चाहीं अन्तर्राष्ट्रिय मुद्रा कोषको बढ्दो संलग्नताप्रति आक्रोश र कडा मितव्ययिताका शर्त सहितको उद्धार योजनाको विरोध बढीरहेको छ।