बिज्ञापन – विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.
गणेश चुदँली – सम्पादन शहयोगी
आई.एमर्.इ. फाइनान्सीयल इन्ष्िटच्यूसन लिमिटेडले पहिलो पटक एटी एम सेवाको शुरुवात गरेपछि स्थानीय बासीन्दाहरुमा खुशीयाली छाएको छ ।
रुपैयाँ पैसा लिएर हिड्नु पर्दा चोरीको समस्या हुने र आवश्यक परेको समयमा घर बाहिर रहेको समयमा रुपैयाँको जरुरी परेमा तत्काल एटी एम बाट रकम निकाल्न पाउने भएपछि स्थानीय बासीन्दाहरु खुशी भएका हुन् । १६औं शाखाको रुपमा २ महिना पहिले स्थापना भएको आई.एमर्.इ.ले
अर्घाखांची समेत देशका ११ स्थानमा एटी एम संचालन गरेको छ ।
३ अरब १० करोड निक्षेप संकलन र २ अरब ६५ करोड लगानी गरेको आई.एमर्.इ.को चुक्ता पूँजी ३० करोड रहेको जनाइएको छ ।
एटी एम सेवाको एक समारोहका बीच प्रमुख जिल्ला अधिकारी बलभद्र गीरि र उद्योग वाणीज्य संघका जिल्ला अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले संयुक्तरुपमा उद्घाटन गर्नु भएको थियो ।
आई.एमर्.इ.ले तत्कालका लागि बिहान ५ बजेदेखि राती ८ बजेसम्म ब्त्ः सुबिधा उपलब्ध गराउने भएको छ ।
यसैबिच आई.एमर्.इ. शाखा अर्घाखांची हिंजो सन्धिखर्कमा पत्रकार सम्मेलनको आयोजना गरी त्यहाँबाट प्रदान गरिने सेवा सुबिधाको बारेमा जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा मन्तव्य राख्दै शाखाका प्रबन्धक प्रदिप पन्थीले र्सव सुलभ सेवा, भरपर्दो सुबिधा र विश्वसनीय वातावरणका कारण बैंकले छोंटो समयमै ठूलो प्रगति गर्न सफल भएको बताउनु भएको थियो ।
नेकपा एमाले अर्घाखांची अहिले पाटीका आन्तरिक चुनावमा जुटेको छ ।
एमालेका नेताहरु राष्ट्रिय प्रतिनिधि परिषदको सदस्यमा कसलाई पठाउने भनिन अहिले आन्तरिक छलफलमा जुटेका छन् ।
एमाले अर्घाखांचीको बैशाख ४ गते हुने राष्ट्रिय प्रतिनिधि परिषदको निर्वाचनको लागि निर्वाचन क्षेत्र नं.१ मा ३ जना र क्षेत्र नं.२ मा २ जना एमालेका नेताहरुले उमेदवारी दिएका छन् । क्षेत्र नं.१ मा उमेदवारी दिनेहरुमा एमाले अर्घाखांचीका पुर्व सचिव जनार्दन खनाल, एमाले नेता नुरेन्द्र कुमार क्षेत्री र सालिकराम आचार्य तथा क्षेत्र नं. २ मा एमाले नेता पिताम्बर भुसाल र बुद्धि बहादुर रायमाझी रहनु भएको छ ।
चुनावमा एमालेका नेताहरु स्पष्टरुपमै २ वटा लवी बनाएर अगाडी देखिएका छन् ।
एउटा लवीमा निर्वाचन क्षेत्र न..१ मा नरेन्द्र कुमार क्षेत्री र क्षेत्र नं.२ मा पिताम्बर भुसाल तथा अर्को पक्षमा निर्वाचन क्षेत्र नं.१ मा जनार्दन खनाल र क्षेत्र नं.२ मा बुद्धि बहादुर रायमाझी रहनु भएको छ ।
एमालेको निर्वाचन क्षेत्र नं. १ मा २६५ र क्षेत्र नं.२ मा ३२१ मत रहेका छन् । एउटा निर्वाचन क्षेत्रबाट १ जना गरी २ जना सदस्य निर्वाचित हुने प्रावधान रहेको र भोलीसम्म उमेदवारी फिर्तालिने समय भएपनि एमालेका जिल्लास्तरका नेताहरु २ भागमा विभाजित भई स्पष्टरुपमा देखिएका कारण निर्विरोध हुने सम्भावना कम रहेको छ ।
एमालेका कार्यकर्ताहरुले भने निर्वाचन गरिनुभन्दा सहमतिका आधारमा राष्ट्रिय परिषद् सदस्यको छनौट गरिनु पर्नेमा जोड दिएका छन् ।
—————
हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा पठाउनुहोला । तपाईंका समाचार-सामाग्री बाहेक अन्य केही सुझाव-सल्लाह भए:-
मेहर सिंह के.सी सस्थापक, प्रमुख meharsinghkc@sandhikharka.com
वीरेन्द्र केसी, सम्पादक, birendrakc@sandhikharka.com वा editor@sandhikharka.com
गणेश चुदाली, सम्पादन सहयोगी ganeshchudali@sandhikharka.com,
बिनोद गैरे, सम्पादन सहयोगी binodgaire@sandhikharka.com