अर्घाखाँचीमा सहकारी पसल खुलेपछी स्थानिय बासीन्दा खुसियालि

बिनोद गैरे सम्पादन अर्घाखाँची

सरकारले सहकारी सञ्चालका निम्ति प्रदान गरेको रकम दुरुपयोग भएको समचार यत्रतत्र सुन्न पाउदा अर्घाखाँची जिल्लाको नुवाकोट गा.बि.स वाड नं. ४ च्यूरामाटी स्थीत श्री देउराली कृषक सहकारी संस्थाले भने सरकारी रकमको राम्रो सदुपयोग गरेको छ । स्थानिय कृषकको लगानि र सरकारको रकमबाट गाउमै सहकारी पसल सञ्चालन भएर अन्य पसलमा भन्दा सस्तो सामान पाउदा स्थानिय बासीन्दा खुसि भएका छन् ।

२०६२ सालमा श्री देउराली कृषक सहकारी संस्था गाउकै सक्रिय यूवा कृषक बिनोद गैरेको पहलमा सकुन्तला खनाल , प्रकाश श्रेष्ठ , सान्ता गैरे लगायतका २६ जना कृषकहरुको संलग्नतामा संस्था खोलियता पनि हाल आयर संस्थामा १४५ गाउका कृषक संलग्न छन् ।

सहकारी संस्था सुरु गर्दा प्रत्येक सदस्यहरुबाट मासीक रु २० रुपैयाका दरले रकम संकलन गरी पछि बृद्घगिरी मासीक रु ५० रुपैया अनि हाल आयर मासीक रु १००रुपैया संकलन गरी सस्तो ब्याज दरमा सदस्यहरुलाई कृषि क्षेत्रमा लगानी गर्नको लागी सैलियत दरमा ऋण प्रदान गर्दै आएको छ ।

हाल आयर सरकारी निति प्रबधान अनुसार जिल्ला कृषि कार्यालय अर्घाखाँची बाट सुलभ सस्तो पसल सञ्चालन गर्न अनुदान रकम रु १ लाख र स्थानिय संस्थाको रु १ लाख गरी रु २ लाखमा सस्तो पसल सञ्चानन गरी सन्धिखर्क बजार दर भन्दा सस्तो सामान स्थनिय स्तरमा पाएपछि स्थानिय बासिन्दा हर्सित भएका छन् ।

हाल आयर उक्त सहकारी संस्थाले सदस्य हरुबाट संकलन गरेको रु ४ लाख स्थानिय जनतामा सस्तो ब्याज दरमा परिचालन गरेको देउराली कृषक सहकारी संस्थाका अध्यक्ष बिनोद गैरेले जानाकारी दिनुभएको छ ।

—————

हामीलाई समाचार, लेख, फोटोभिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा पठाउनुहोला तपाईंका समाचारसामाग्री बाहेक अन्य केही सुझावसल्लाह भए:-

मेहर सिंह के.सी सस्थापक, प्रमुख meharsinghkc@sandhikharka.com
वीरेन्द्र केसी, सम्पादक, birendrakc@sandhikharka.com
गणेश चुदाली, सह सम्पादक, ganeshchudali@sandhikharka.com,
बिनोद गैरे, सह सम्पादक, binodgaire@sandhikharka.com

एवम मध्यपुर्वबाट कुनै पनि समाचारसामाग्री पठाउनको लागि हाम्रा

अन्य समाचारहरु