16औं दक्षिण एशिया क्षेत्रीय सहयोग संगठनको संयुक्त नेतागण बैठक आज भुटानको राजधानीमा शुरु भयो।
यस 16औं दक्षिण एशिया क्षेत्रीय सहयोग संगठनमा संयुक्त नेतागणको बैठकले "एउटा हरियो र सुखद दक्षिण एशियाको निर्माण"भन्ने मुख्य विषय राखेको छ। यस बैठकमा मुख्य गरी मौसमको परिवर्तन,वातावरणको संरक्षण,क्षेत्रीय सुरक्षा,आतंकवादीको विरोध,उर्जा श्रोत आदी समस्याबारे छलफल गरिने कार्यक्रम रहेको छ। दक्षिण संगठनका आठ सदस्य मुलुकका चार सयभन्दा बढी प्रतिनिधिहरुले यस बैठकको उदघाटन समारोहमा भाग लिनुभएको छ।