भारतीय प्रधामन्त्री मनमोहन सिँहले पाकिस्तानका प्रधामन्त्री युसुफ राजा गिलानीसँग भुटानको राजधानी थिम्पुमा द्बिपक्षीय वार्ताको आयोजना गर्नुभएको छ। यस वार्तामा दुबै पक्षले शान्ति वार्तालाई पुनःस्थापना गरी भेटवार्ताको सिलसिला जारी राख्न स्वीकार गरेका छन। सन 2008 मुम्बाइमा भएको आतंकवाद बम बिस्फोटन पछि भारत र पाकिस्तानका प्रधामन्त्रीले औपचारिक वार्ताको आयोजना गरेको यो पहिलो पटक हो।
यस वार्ता दुबै मुलुकका प्रधानमन्त्रीले भुटानमा आयोजित दक्षिण एशिया क्षेत्रीय सहयोग शिखर सम्मेलनमा भाग लिनुभएको अवसरमा भएको हो।