गणेश चुदाली /अर्घाखाँची
अर्घाखाँची बैशाख १५ गते । एकिकृत नेकपा माओवादीले देशभर जारी राखेको शारिरीक तथा बैचारीक प्रशिक्षण कार्यक्रम अर्घाखाँचीमा पनि संञ्चालन गरेको छ ।
माओवादीले शान्ति,जनसंविधान र राष्टिय स्वाधिनताका लागी युवा अभियानको नाम दिएर जिल्लाका करीव ७ सय युवाहरुलाई शारिरीक प्रशिक्षण दिएको छ । जिल्ला सदरमुकाममा रहेको लदाम बगैचा,सिद्दारा,पोखराथोक,चिदीका र सिमलपानी गरी ६ स्थानमा युवाहरुलाई केन्द्रित गरी माओवादीले ३ देखी १० दिन सम्मको प्रशिक्षण दिईरहेको छ ।
प्रशिक्षणमा खुकुरी तरवार चलाउन,लाठ्ठी चलाउन र झडपको समयमा बच्ने उपाय सिकाईएको एक सहभागीले नाम नबताउने र्सतमा जानाकारी दिएका छन् । प्रशिक्षण कार्याक्रममा १८ वर्षदेखी ४५ वर्षसम्मकाहरुलाई सहभागी गर्राईएको थियो । माओवादीले निकै गोप्य भनी संचालन गरेको प्रशिक्षणमा विद्यालयमा पढाउने शिक्षक,शिक्षीका र थोरै मात्रमा सरकारी कर्मचारी र पेन्सरहरुको समेत सहभागीता रहेको थियो ।
माओवादी मगरातद्दारा दा‹मा संचालित प्रशिक्षण लिएर आएका ५० युवाहरुले अहिले अर्घाखाँचीमा गोप्य रुपमा प्रशिक्षण दिईरहेको श्रोतले जनाएको छ । माओवादीलेे आसन्न जन व्रि्रोहलाई मध्यनजर गरी आफनो पाट्रिका नेता तथा कार्याकताहरुलाई शारीरिक प्रशिक्षणमा सहभागी हुन जिल्ला स्तरमा निर्देशन समेत गरेको श्रोतको दावी छ ।
माओवादीले जिल्लामा खट्ने राज्य समितीका सदस्य र जिल्ला सचिवालय सदस्यहरुका लागी ३ दिने गोप्य प्रशिक्षण कार्यक्रम र्सर्म्पन गरेको छ । प्रशिक्षणमा समयमै सविधान निमाणभई जनविदो्रह गर्नुपरेमा कसरी अगाडी बढ्ने भन्ने बारेमा केन्द्रिय सदस्य रामप्रसाद शर्मा टकमणीले प्रशिक्षण दिनुको साथै आन्दोलनको लागी गोप्य योजना समेत प्रस्तुत गरेको प्रशिक्षणमा सहभागी एक जिल्ला नेताले बताउनु भएको छ ।
माओवादी अर्घाखाँचीका जिल्लार् इचार्न्ज चन्द्र बहादुर खड्का उज्जवलले भने प्रशिक्षणलाई नियमित मात्र भएको दावी गर्नुभएको छ । गाउँगाउँमा माओवादीले लाठ्ठी र खुकुरी तरवार चलाउने प्रशिक्षण कार्यक्रम संचालन गर्न थालेपछि स्थानीय वासीन्दाहरु निक्कै आतंकित भएका छन् । माओवादीले कतैपनि हल्ला नगर्नु भनेकाले त्यहाँको वास्तविकताको बारेमा भन्न नचाएको जनताको गुनासो छ ।
माओवादीको लडाकु दस्ता यो‹ कम्युनिष्ट लिगका राज्य कमीटीकार् इन्चार्ज सुमन बरालल भने आक्रमणका लागी नभई आत्म रक्षाका लागीमात्र भएको शारीरिक तथा बैचारीक प्रशिक्षण चलाईएको बताउनुभयो । बरालले २ महिना देखी नै अर्घाखाचीमा बसेर वाईसिएलको नेतृत्व गरी रहनुभएको छ । माओवादीले जिल्लामा शारीरिक प्रशिक्षणका साथै चन्दा संकलनलाई समेत त्रि्रता दिएको छ । आसन्न आन्दोलनको लागी भन्दै माओवादीले उद्योगी,व्यापारी,शिक्षकर्,कर्मचारी र किस्रकहरुलाई समेत चन्दाको लागी ताकेता गरेको श्रोतले जनाएको छ ।
आफुहरुलाई बैशाख १८ पछिको संभावित आन्दोलनमा हुन सक्ने अवस्थालाई ख्याल गरी केही दिनको लागी अन्नपानी,ग्यास दाउरा लगाएतका दैनिक उपभोग्य साम्रगी जोरजाम गर्न कार्याकता पङतीलाई गोप्य निर्देशन समेत जारी गरेको श्रोतको दावी छ ।
—————
हामीलाई समाचार, लेख, फोटो–भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा पठाउनुहोला । तपाईंका समाचार–सामाग्री बाहेक अन्य केही सुझाव–सल्लाह भए:-
मेहर सिंह के.सी सस्थापक, प्रमुख meharsinghkc@sandhikharka.com
वीरेन्द्र केसी, सम्पादक, birendrakc@sandhikharka.com
गणेश चुदाली, सह सम्पादक, ganeshchudali@sandhikharka.com,
बिनोद गैरे, सह सम्पादक, binodgaire@sandhikharka.com
एवम मध्यपुर्वबाट कुनै पनि समाचार–सामाग्री पठाउनको लागि हाम्रा