गणेश चुदाली /अर्घाखाँची
मान्छेको जस्तै कफीको पनि जीवन बीमा गर्नुपर्छ सबैको सहयोग भयो भने यो संभव छ कफी कृषक एंव जिल्ला कफी ब्यावसायी संघका अध्यक्ष भुवन अधिकारीले भने, अब कफीका बोटको पनि जीवन बीमा र बोट दर्ता गरिनुर्पर्छ । विश्वमा नेपालको कफी उत्कृष्ट भएर माग बढदै गएकाले कफी खेतीलाई व्यवस्थित बनाएर उत्पादनमा वृद्धि गर्न यो प्रक्रिया अपनाउन जरुरी छ ।
जिल्लामा लगाईएका कफी संरक्षण हुन नसकेको र रोगले कफीका बोट नोक्सान भएका छन, जसले किसानलाई निराश बनाएको छ उनले भने, उत्पादन बढाउन यो प्रक्रिया अपनाउन आवश्यक छ । किसानलाई कफी खेतीमा व्यावसायीकरण तर्फलैजान जीवन बीमा र बोट दर्ता गरिनु र्पर्ने उनले बताए । कुन किसानले कति कफीका बोट लगाएको छ, बोट कस्तो छ कति कफी फल्यो, उत्पादनमा वृद्धि कति भयो, रोगले बोट मर्र्यो की भनि तथ्याङ्क संकलन गरिनुर्पर्छ । अर्घाखाँचीको कफी अमेरिका जापान, कोरिया लगायतका देशमा निर्यात भएको र माग अनुसार उत्पादन गर्न नसकिएकाले लगाएको बोट मर्यो भने क्षतिपुर्र्ती पाउने र अर्को नया विरुवा लगाईदिने व्यवस्था हुनर्ुपर्ने किसानको माग छ । त्यसको लागि बोटको जीवन बीमा गर्न आवश्यक छ ।
जिल्लाका ३५ गाविसमा कफी उत्पादन भैरहेको छ । गबारो रोगका कारण दई वर्षा पा"च हजार कफीका बोट नष्ट भएका छन, किसान निराश छन उनले भने उत्पादनमा वृद्धि भएको छैन, बोटको जीवन बीमा र दर्ता भए किसान उत्साहित हने थिए । बल्कोटका कृषक विष्णु प्रसाद भुसालका अनुसार कफीका बोट राम्रो भएर फलेपनि ३ वर्षदेखी रोगले बोट सखाप पार्न थालेपछि बारीमा लगाईएका दई हजार बोट मध्ये ८ सय भन्दा बढी फलिरहेका बोट नोक्सान भए । रोगले सताएपनि नियन्त्रण गर्न सकिएको छैन, उनले भने, रोग नियन्त्रण हुन सकेन । कसैले सहयोग नगरेपछि बोट मर्दै गएका छन । प्रत्येक वर्षबोट मर्दा उत्पादन घट्दै गएको छ । जीवन बीमा र दर्ता गरेर नया" खालको कार्यक्रम लागु नगरेसम्म बोट मर्दै जा"दा कफीका बोट नै हराएर जान सक्ने संभावना रहेको उनले बताए । कफी व्यावसायी संघले वर्षनी नया" विरुवा रोपेपनि फल्ने बेलामा गवारो किराले बोटको डाक्ले भित्र भित्रै खाएर विस्तारै बोट मर्दै गईरहेका छन ।
रोपेको तीन वर्षा फल्ने भएकाले रोप्ने बित्तिकै दर्ता र जीवन बीमा हुनपर्ने किसानले माग गरेका छन । बीमा र दर्ता नगरिए दई तीन वर्षा कफीका बोट भरी रोगले नष्ट पार्ने संकेतमा किसानको यो सुझाव आएको हो । जिल्लाका अधिकाश कफी किसानले बीमा र दर्ता गरी सहयोग मार्ग माग गरेका छन । जिल्ला कृषि विकास कार्यालयबाट यसको पहल गरिदिन किसानले माग राखेका छन । किसानले विरुवा लगाउ"छ फले टिप्ने गर्छन तर प्रत्येक वर्षरोगले उत्पादन भैरहेका बोट मर्दै गएका छन । उत्पादनमा वृद्धि भएपनि प्रत्येक वर्षबोट मर्दै गएपछि किसान मर्कामा परेका छन । कुनै निकायले निरीक्षण नगर्दा किसान अनविज्ञ भएकाले कफीका बोटलाई जोगाउन सकेका छैनन । पा"च वर्षदेखी अर्घाखाँचीमा उत्पादन भएको अर्गानिक र पार्चमेन्ट कफी केरिया, अमेरिका र जापानमा निर्यात भएको छ । जिल्ला कफी व्यावसायि संघले सघाउदै संकलन गरिदिएपछि नेपाली कफीको विदेशमा बजारीकरण हुदै आएको छ । यस वर्षजिल्लाबाट डराई १५ टन, पार्चमेन्ट २४ टन, अर्गानिक २४ टन कफी कोरिया, जापान र अमेरिका निर्यात भएको संघले जनाएको छ । यहा" उत्पादित कफीले बजार पाएको छ । ३ वर्षदेखी उत्पादनमा वृद्धि हुन नसकेपछि बीमाको माग गरेका हुन । प्रत्येक वर्ष५० हजार अर्गानिक कफी बिक्री गर्दै आएको किमडा"डाका कृषक पुष्करनाथ बञ्जाडेले संघले व्यवस्थित गरिदएपछि उत्पादन गर्न हौसला भएको भएपनि सोचे जस्तो उत्पादन गर्न सकिएन । उनले कफीका बोटमा रोग लगाको कारण उत्पादनमा वृद्धि हुन नसकेको बताए । कफीले राम्रो उत्पादन दिन्छ तर रोगले समस्या पारेको छ ।
व्यावसायिक रुपमा कफी मात्रै उत्पादन गर्ने हो भने वर्षनी लाखौ रुपैया आम्दानी गर्न सकिने उनले बताए । जिल्ला कृषि विकास कार्यालयले कफी उत्पादनमा सघाउन नसकेका कारण पनि किसान कफी प्रति उत्साहित हुन सकेका छैनन । जिल्लाका एक हजार भन्दा बढी किसान कफी खेतीमा आबद्ध छन । ४२ समुह मार्फ कफी उत्पादन भैरहेको छ । कफी किसानलाई प्रेरणा दिने खालको कनै कार्यक्रम नभएकाले पनि सोचे जस्तो उत्पादन गर्न समस्या भएको किसानले बताए । जिल्लाको एक सय हेक्टरमा कफी खेती गरिदै आएको छ । जिल्ला कृषि विकास कार्यालयका अधिकृत शिव प्रसाद रिजालले जिल्लामा उत्पादन भएको कफीलाई विस्तार गर्न कृषकको सुझाव अनुसार सघाउने बताए ।
—————
हामीलाई समाचार, लेख, फोटो–भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा पठाउनुहोला । तपाईंका समाचार–सामाग्री बाहेक अन्य केही सुझाव–सल्लाह भए:-
मेहर सिंह के.सी सस्थापक, प्रमुख meharsinghkc@sandhikharka.com
वीरेन्द्र केसी, सम्पादक, birendrakc@sandhikharka.com
गणेश चुदाली, सह सम्पादक, ganeshchudali@sandhikharka.com,
बिनोद गैरे, सह सम्पादक, binodgaire@sandhikharka.com
एवम मध्यपुर्वबाट कुनै पनि समाचार–सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी umakantapandey@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।