वीरेन्द्र केसी
–लामिदमार) अर्घाखाँची– संविधान नबनेकोमा राजधानीमा जति चासो छ, विकट लामिदमार गाउ"का वासिन्दालाई त्यो भन्दा बढी चिन्ता छ । समयमै संविधान बनेन भने देशले निकास पाउन सक्दन कि भन्ने चिन्तामा छन उनीहरु । कहिले संविधान बन्ला र गाउ"मा विकास होला भन्ने आशा गरेका लामिदमार र दुम्सी गाउका वासिन्दा भने पछिल्लो पटक शितिलता र निराश हुदै गएका छन ।
कहिल्यै कसैले र्फकेर हेरेनन, अब संविधान बन्यो भने केही होला की भन्ने ठुलो आश थियो तर खै नेताहरु जो मिल्न सक्दैनन, सधै झगडा गरेका मात्र समाचार सुनिन्छ लामिदमारका ७५ बर्सीय तेज बहादुर आलेले भने, ४० वर्षभयो यो गाउमा कोही नेता आएका छैनन । ०१७ सालको क्रान्तिमा मुक्ति सेना भएर प्रजातन्त्रको लागि लडेका आलेले गाउमा विकास, सुख शान्ती होला भनेर लडियो तर अहिलेसम्म केही भएन ।
२०१७ सालमा विपी कोईराला र कृष्ण प्रसाद भटर्राईले तालिम दिने र बस्ने अर्घाखाचीको दुम्सी गाउमा रहेको गोठ देखाउदै ७५ वषर्ीय तेज बहादुर आले ।
जिल्लाको सबैभन्दा विकट सिद्धारा गाविसमा १७ साल देखी माओवादीको १० वर्ष युद्धमा समेत यही ठाउ युद्ध थलोमा प्रयोग भयो तर यहाको जंगलमा लुकेर युद्ध लडेका र हामिले दुध र ध्यु खुवाएर पालेका नेता देशको नेतृत्व सञ्चालन सम्म पुगे तर कसैले र्फकेर हेरेनन । आफनो जीवनकालमा गरेको संघष सम्झेर ती वृद्धले रुदै भने, झाडी जंगलमा बसेकालाई कसले पो हेदो रहेछ र – अहिलेसम्म यहा शिक्षा, स्वास्थ्य, रोजगार केही विकास भएको छैन ।
सदरमुकाम सन्धिखर्क देखी करिब ९५ किलोमिटर दक्षिणमा पर्ने यो गाउमा सन्धिखर्क गोरुसिगे सड्क अन्तरगतको ठाडाबाट २२ घण्टाको पैदल हिडेर पुगिने यी गाउमा १७ सालमा काग्रेस नेता काशिराम गौतम बाहेक अहिलेसम्म कोही नेता नआएको बताउछन । यस्तै दुम्सीका हिक्मत बहादुर शारुले पनि यस्तै कुरा गरे देशमा शान्ती, गाउमा विकास नभएको कुरा गर्दा उनी भावुक हुदै भने,१७ सालमा जनताले सुख पाउछन रोजागर पाईन्छ भनेर लडियो तर लोकतन्त्र आउदा सम्म कसैले हेरन, गाउमा कोही नेता आएनन ।
सिद्धाराको जंगलमा उती बेला विपी कोईराला, कृष्ण प्रसाद भटर्राईलाइ आफुले जंगलका तरुल खाएर छाक टारेर उनीहरुलाइ दुध, ध्यु र भात खुवाएर पाल्यौ, तर पछि र्फकेर हेरेनन । १० वर्षम्म माओवादीका डेपुटी कमाण्डर प्रभाकर,टोप बहादुर रायमाझीले पनि यही थलोलाई युद्ध भुमी बनाएर लुके तर सरकारमा गए देखी र्फकेर हेरेनन । अनकनटार झाडी जंगलको बीच बीचमा वस्ती छ एक गाउबाट अर्काे गाउमा जान कम्तिमा पनि दइ तीन घण्टा लाग्छ भने, आफनै वाडमा जान दुइ दिन लाग्ने सिद्धाराको ती गाउमा अझै पनि मोटर पुग्न सकेको छैन । विद्यालय जान छ, सात घण्टा लाग्ने भएकाले बालवालिका पढन पनि पाएका छैनन । देशको आमुल परिवर्तनमा यो गाउको ठुलो देन छ तर गरिबी र विकट गाउबाट माथि उठन सकेन । नेताहरु गाडी गुडने ठाउ र पहुच पुग्ने ठाउमा मात्र विकास दिए तर हामि जस्ता दुखी जंगलमा बस्ने ठाउमा विकास कसैले गर्दैन आलेले भने, सधैभर दुखै दुखले कष्टकर जीवन चलेको छ । उनको लामिदमार पुगेका सञ्चारकर्मीलाई पनि किन दुख पाएर आउनु भयो यस्तो जंगलमा भनेर प्रस्न गरे । जे भएपनि संविधान बनेपछि अर्कै होल हाम्रो गाउमा विकास गरिदेलान भनेर आश थियो तर संविधान जारी गर्ने समयमा दलहरु आपसमा लडने, अलमल गरेको समाचार सुन्दा उनीहरु आजित भएका छन ।
एकातिर भौगोलिक विकटता, राज्यको उपस्थिति न्युन भएको ठाउका लामिदमार, दुम्सी, बाटुले, लौरी सिखिन्ग्खोला, दोबाटो, पथ्थरकोट लगायतका सिद्धारा गाउमा अझै पनि शिक्षाको पहुच पुग्न सकेको छैन । छिचरिएर रहेको वस्तीमा तीन चार घर भन्दा बढी बसोबास गर्ने भौगोलिक विकटताले वस्ने ठाउ छैन ।
साना झुप्रा जस्ता घरमा बस्दै आएका गाउमा खेत बारीमा अन्न खेती गरेर छ महिना मुस्किललने खान पुग्छ । भौगालिक विकटता भएपनि राज्य र जिल्ला स्तरबाट होपिएकाले गाउमा विकास हुन नसकेको स्थानीय शिक्षक दुर्गा प्रसाद बेल्वासेले बताए । नेपालको दोस्रो कणालीको रुपमा सिद्धारालाई लिन सकिन्छ स्थानीय माधव पौडेलले भने, सिद्धार जस्तो धनी कुनै गाविस छैन । जल जंगल काठ अन्न उत्पादन, पर्यटनको हिसावले धेरै धनी छ तर राज्यले ध्यान नदिदा पछाडी परेको उनको भनाई छ । सिद्धाराका विकट वस्तीका गरिब परिवारले अन्न उत्पादन नहुने समयमा जंगलका कन्दमुल खाने त्यो पनि नपाईए भोकै बस्ने गरेको शिक्षक लोक बहादुर थापाले बताए ।
१७ सालमा लडेको ७३ वषर्ी हिक्मत बहादुर शारु अफैपनि गाउमा कसैले केही नगरेकोमा दुखेसो पोख्दै । तस्बिर- वीरेन्द्र केसी/अर्घाखाची डट्कम
संविधान सभाको चुनावमा १८ घण्टा पैदल हिडेर भोट लाहृन गयौ, चुनाव चितेपछि गाउमा खानेपानी, शिक्षा, विजुली लगायतका थुप्रै विकास निर्माणका काम गरिदिन्छ रे भन्ने खाबर आएर भोट दिन गयौ तर केही भएर उनले भने संविधान बनेपछि सुविधा र विकास होला भन्ने सपना थियो तर दलहरु आपसमा सिचातानी गरेका छन खै के हुने हो । उनले दलहरु आपसमा मिलेर जाउ, संविधान बनाउ र हामि जस्ता पिछडिएको वस्तीलाई हेर उनको सुझाव छ । गाउमा विरामी भयौ भने, खोला नर्त नसक्दा घरमै छटपटाएर मर्ने बाहेक आरु विकल्प छैन, स्थास्थ्य चौकीमा अहेव हुदैनन, उनले भने, स्वास्थ्य, यातायात र सबैका छोराछोरीले पढनको लागि शिक्षा र रोजगारको व्यवस्था रोग भोग अशिक्षाबाट मुक्त बनाईदेउ उनले कामना गरे । थुप्रै दुख पीडा सहेर र भोकै बसेर बाच्न सकेका स्थानीय शेर बहादुर शारुले भने, पहिला संविधान बनाउ, विकास त्यसपछि गरौला ।
घर पाल्तिर दुम्सी प्रावि छ छ महिना पढन जान्छौ वसाको समयमा खोला तर्न नसकेर टुलुटुल विद्यालय हर्र्दै बस्ने विद्यार्थी गणेश आलेले भने ।
थुपै् दुख पीडा सगै भोक भोकै पनि हामी आफै बाच्न सकेका छौ दलहरु मिल संविधान बनाऊ गाउको विकास गर स्थानीय मनकला गाहाले भनिन, गाउमा थुप्रै प्राकृतिक संभावनाहरु छन, सबै खेर गएका छन हामीलाई काम देऊ दुख गर्न तयार छौ । नेपाललाई धनी देश बनाऊ जनतालाई रोजगार र सुख देउ उनको नेताहरुलाई सुझाव छ । खेती किसान गरेर पनि वर्षदिन खान पुग्दैन कृषिमा आधुनिकीकरण गर, देशको विकास गर देश नबिगार विकट गाउका बासिन्दाको एउटै आवाज छ ।
—————
हामीलाई समाचार, लेख, फोटो–भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा पठाउनुहोला । तपाईंका समाचार–सामाग्री बाहेक अन्य केही सुझाव–सल्लाह भए:-
मेहर सिंह के.सी सस्थापक, प्रमुख meharsinghkc@sandhikharka.com
वीरेन्द्र केसी, सम्पादक, birendrakc@sandhikharka.com
गणेश चुदाली, सह सम्पादक, ganeshchudali@sandhikharka.com,
बिनोद गैरे, सह सम्पादक, binodgaire@sandhikharka.com
एवम मध्यपुर्वबाट कुनै पनि समाचार–सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित