वीरेन्द्र केसी
अर्घाखाँची– जिल्ला सदरमुकाममा दुई महिनादेखी खानेपानीको हाहाकार मच्चिएको छ । खानेपानी अभावमा सदरमुकामबासी समस्यामा परेका छन । बढदो गर्मी यामले मुहान सुक्दै जादा प्रशस्त मात्रामा आउन छाडेको खानेपानी अव्यवस्थित रुपमा वितरण गर्दा सदरमुकामबासीलाई खानेपानीको हाहाकार भएको हो ।
बजारमा खानेपानीको समस्याले र्सवसाधाराण पानी खोज्दै खोला र कुवामा धाउन बाध्य भएका छन । मुहानबाट पानी आउन छाडेपछि टयाकीमा पानी थोरै भएपछि खानेपानी उपभोक्ता समितिले दर्ुइ दिन बिराएर पानी छाडदिने गरेको छ । दुई दिनसम्म जम्मा गरेर पनि टयाकी भरिन छाडेको छ । सदरमुकाम सन्धिखर्क, चुत्रावेशीका मुख्य बजारमा खानेपानीको अभाव छ । सिंगो सदरमुकाममा जिल्लाको माटे खोला र खा"चीको लेकबाट पानी ल्याईएपनि यस वर्षमुहान सुक्दा समस्या परेको छ । दैनिक तीन लाख पचास हजार संकलन हुने तीन वटा टयाकीमा एक लाख सम्म पनि संकलन नभएपछि खानेपानी वितरणमा समस्या भएको सन्धिखर्क खानेपानी उपभोक्ता समितिका सचिव खनालले बताए । सदरमुकाममा रहेको छ हजार धारामा दर्ुइ सय लिटर भन्दा बढी पानी पुग्दैन उनले भने, यस वर्षखानेपानीको बढी समस्या देखियो । सदरमुकामबासी दैनिक रुपमा खानेपानीको समस्या भोग्दै आएका छन । माटे खोला र खा
"ची लेकको मुहानमै पानी देखिदैन । धारामा पानी आउन छाडेपछि केही सदरमुकामबासी सात सय मिटर टाढा वागी खोलाबाट गाग्रीमा पानी बोक्न बाध्य भएका छन । सबैभन्दा बढी सन्धिखर्कको टुडिखेल लाईन, हललाईन, बैक रोड लगायतका बजारमा हाहाकर भएको छ ।
स्थानीय उपभोक्ता विनोद भुसालका अनुसार उपभोक्ता समितिले मुहानमा व्यवस्थित नगर्दा रटयाकीमा जम्मा भएको पानी पनि व्यवस्थित रुपमा वितरण नगर्दा समान रुपमा बजारबासीले खानेपानी पाउन सकेका छैनन । नेता, टुला धनी व्प्क्तिका घरमा प्रशस्त वितरण गर्ने र समान्य घरपरिवारलाई कम पानी दिदा समस्या परेको छ ।
उपभोक्ता समितिले अनियमित ढंगले खानेपानी वितरण गर्दा कोहीका घरमा प्रशस्त पानी छ भने कोहीका घरमा एक गाग्री पनि पानी हुदैन उनले भनिन, सबैलाई समान रुपमा वितरण भएको छैन । खानेपानी उपभोक्ता समितिले भने पानी अभावमा नै समस्या भएको बताएको छ । पानीका लागिर् बकल्पिक व्यवस्था नगरेसम्म खानेपानीको समस्या नर्टने जनाएको छ ।
—————
हामीलाई समाचार, लेख, फोटो–भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा पठाउनुहोला । तपाईंका समाचार–सामाग्री बाहेक अन्य केही सुझाव–सल्लाह भए:-
मेहर सिंह के.सी सस्थापक, प्रमुख meharsinghkc@sandhikharka.com
वीरेन्द्र केसी, सम्पादक, birendrakc@sandhikharka.com
गणेश चुदाली, सह सम्पादक, ganeshchudali@sandhikharka.com,
बिनोद गैरे, सह सम्पादक, binodgaire@sandhikharka.com
एवम मध्यपुर्वबाट कुनै पनि समाचार–सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी umakantapandey@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।