वीरेन्द्र केसी
अर्घाखाँची– माओवादीले जिल्लामा जबरजस्ती चन्दा उठाएकोमा काग्रेस एमाले र राजमोलले विरोध गरेका छन । गाउका र्सवसाधारण,व्यपारी, पेशाकर्मी लगायतका व्यक्तिसग माओवादीले धम्कीका भरमा जबरजस्ती चन्दा असुलेकोमा ध्यानआकर्षा भएको जनाएका छन । उनीहरुले विज्ञप्ति निकालेर धम्कीपुण रुपमा चन्दा संकलन कार्य तत्काल रोक्न माओवादीलाई अनुरोध गरेका छन ।
काग्रेस जिल्ला सभापनी पीताम्बर शर्मा, एमालेका अध्यक्ष रामजी प्रसाद घिमिरे र राष्टिय जनमोर्चाका जिल्ला अध्यक्ष झविलाल थालेले संयुक्त रुपमा विज्ञप्ति प्रकाशित गरी द्धन्दमा जस्तै माओवादीले धम्क्याउदै तोकुवा चन्दा असुलेर जनतालाई आतकिंत परेको उल्लेख छ । विज्ञप्तिमा चन्दा नदिए कारवाही गर्ने जस्ता धम्कीले शान्ती सम्झौताको मर्म र भावना विपरित काम मात्र नभई निकृष्ट र निन्दनीय कार्य भएको उल्लेख छ । साथै तोकुवा चन्दा नदिई आपनो हक अधिकार रक्षा गर्न र्सवसाधारण लगायत व्यापारी, पेशाकम्रिहरु लाई अनुरोध गरिएको छ ।
विज्ञप्तिमा लोकतान्त्रिक संस्कार र सस्कृतीलाई अवलम्बन गर्दै विधिको शासनको विरुद्ध काम भएको छ । लोतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तोकिएको समयमा संविधान जारी गरिसक्नु र्पर्ने बेलामा माओवादीले जनता आतकित पार्ने र युद्धको धम्की निदु निन्दनीय कार्य भएको विज्ञपित्मा उल्लेख छ ।
—————
हामीलाई समाचार, लेख, फोटो–भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा पठाउनुहोला । तपाईंका समाचार–सामाग्री बाहेक अन्य केही सुझाव–सल्लाह भए:-
मेहर सिंह के.सी सस्थापक, प्रमुख meharsinghkc@sandhikharka.com
वीरेन्द्र केसी, सम्पादक, birendrakc@sandhikharka.com
गणेश चुदाली, सह सम्पादक, ganeshchudali@sandhikharka.com,
बिनोद गैरे, सह सम्पादक, binodgaire@sandhikharka.com
एवम मध्यपुर्वबाट कुनै पनि समाचार–सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी umakantapandey@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।