युरो सङ्गठनका अध्यक्ष एवम लग्जेम्वर्गका प्रधानमन्त्री जेन खलादी जुन्खले हिजो बोल्दै युरोपेली संघमा युरो प्रयोग गर्ने सदस्य मुलुकका अर्थमन्त्रीले मे महिनाको दुई तारिखका दिन ब्रुसेल्समा हेलिनिकलाई उद्बार गर्ने प्रणालीमाथि छलफल गर्न विशेष बैठकको आयोजना गर्नेछ।
हिजो प्रकाशित एउटा वक्तव्यमा उक्त बैठकसम्बन्धी ठोस सूचनाको सङ्केत गरिएको छ। गत सातादेखि यता युरोपेली संघ परिषद,युरोप केन्द्रीय बैंक र अन्तर्राष्ट्रय मुद्रा कोषका प्रतिनिधिले उद्धार प्रणालीसम्बन्धी खास विषयबारे सधै नै हेलिनिक सरकारसँग वार्ता गर्दै आएका छन्। हेलिनिकका अर्थमन्त्री जर्ज पापाकन्सले हिजो बोल्दै हाल यो वार्ता अन्तिम चरणमा रहेको कुरा व्यक्त गर्नुभएको छ।