वीरेन्द्र केसी
अर्घाखाँची– बैशाख १८ गते देखी सञ्चालन भएको माओवादीको आन्दोलनले अर्घाखाँची लगायत देशभरको जनजीवन प्रभावित भएको छ । आम हडतालले जिल्ला ठप्प भएको छ ।
बन्दमा कलकारखाना,उद्योग व्यापारी, शिक्षण सस्था कार्यालय सबै ठप्प भएका छन । अर्घाखाचीमा आमहडताल शान्तीपुण भएको छ । बन्दमा यहाका सरकारी कार्यालयमा कुनैपनि काम हुन सकेको छैन । सन्धिखर्कमा दैनिक दई सय भन्दा बढी कार्यकर्ताले नारा जुलुस गरी बजार परिकर्मा गरेका छन । आमहडताल सफल पार्न माओवादीले गाउ गाउबाट समेत सदरमुकाम आएका छन ।
आम हडतालले जनजीवन प्रभावित पार्नुका साथै दैनिक उपभोग्य सामानको मुल्य चर्किदा उपभोक्ता मर्कामा परेका छन । माओवादीले प्रधानमन्त्री माधव कुमार नेपालले राजीनामा नदिएसम्म आन्दोलनलाई जारी राख्ने बताएको छ । दैनिक सयौ माओवादी कार्याकर्ताले विहान देखी सा"झसम्म सन्धिखर्कमा नारा लगाउदै सरकारको विरोध गरिरहेका छन । बुधवार पनि माओवादीले सन्धिखर्कमा विरोध प्रदशन गर्र्यो । चुत्रावेशीबाट सरकारको विरोधमा नारा लगाउदै सन्धिखर्क बजार परिकर्मा गरि शान्ती बगैचा चोकमा आई कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै माओवादी मगरात राज्य समित सदस्य एवं अर्घाखाँची जिल्ला सेक्रेटरी ठाकुर कुमार विकले माधव नेपालले राजीनामा नदिएसम्म आन्दोलन जारी रहने बताए । उनले एमाले काग्रेसले जनताको आन्दोलनलाई दवाउन खोजेको आरोप लगाए । सेना प्रहरी लगाएर आन्दोलन नदबिने दाबी गर्दै नेता विकले आन्दोलन अझ शसक्त भएर जाने बताए ।
————————
हामीलाई समाचार, लेख, फोटो–भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा पठाउनुहोला । तपाईंका समाचार–सामाग्री बाहेक अन्य केही सुझाव–सल्लाह भए:-
मेहर सिंह के.सी सस्थापक, प्रमुख meharsinghkc@sandhikharka.com
वीरेन्द्र केसी, सम्पादक, birendrakc@sandhikharka.com
गणेश चुदाली, सह सम्पादक, ganeshchudali@sandhikharka.com,
बिनोद गैरे, सह सम्पादक, binodgaire@sandhikharka.com
एवम मध्यपुर्वबाट कुनै पनि समाचार–सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी umakantapandey@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।