– वीरेन्द्र केसी
.
सन्धिखर्क, अर्घाखाँची- एकीकृत नेकपा माओवादीले देशव्यापी गरेको आमहडताल काठमाडौ लगायत देशका विभिन्न स्थानमा झडप भैरहेका बेला अर्घाखाँचीमा भने शान्तीपुण रहेको छ ।
.
माओवादीको केन्द्रीय कार्यक्रम अन्तरगत अर्घाखाँचीमा सञ्चालित आम हडताल जिल्लामा बैशाख १८ गते देखी शुक्रवारसम्म शान्तीपुण रुपमा सम्पन्न भएको छ । हडतालमा जिल्ला स्थित सरकारी कार्यालयमा कुनैपनि काम हुन सकेका छैनन भने जिल्ला पुण रुपमा ठप्प भएको छ ।
.
आन्दोलनको लागि गाविसबाट माओवादी कार्यकर्ता सदरमुकाम आएका छन । दैनिक एक सय देखी तीन सय सम्म माओवादी कार्यकर्ताले सन्धिखर्कमा विरोध गरिरहेका छन । आन्दोलनका लागि गाउबाट सन्धिखर्क आएका कार्यकर्ता सदरमुकाम स्थित समाज कल्याण् प्रविमा डेढ सय कार्याकर्ता अस्थायी क्याम्प बनाएर बसेका छन ।
.
सदरमुकाम सन्धिखर्क चुत्रावेशीमा दैनिक विरोध र्याली गरेका छन । सन्धिखर्क स्थित शान्ती बगैचा चोकमा धर्नामा बसेका माओवादी कार्यकर्ताहरु दिन बिताउनका लागि नाचगान समेत गरेका छन ।
.
शुक्रवार भएको कोण सभालाई माओवादीका केन्द्रीय सल्लाहकार राजु नेपाली कुलदिपले सम्बोधन गरेका थिए । पछिल्लो प्राप्त समाचार अनुसार माओवादीले आमहडताल फिर्ता लिएका छन।
.
(माथिका) माओवादी अर्घाखाँचीले सञ्चालन गरेको विरोध र्यालीमा सहभागी माओवादी कार्यकर्ता तस्बिर– गणेश चुदाली
माओवादीले अर्घाखाँचीको शान्ती बगैचामा नाचगान गर्दै तस्बिर- गणेश चुदाली
—————-
हामीलाई समाचार, लेख, फोटो–भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा पठाउनुहोला । तपाईंका समाचार–सामाग्री बाहेक अन्य केही सुझाव–सल्लाह भए:-