विदेशिएका छोरासग च्याट् गर्दै अर्घाखाँचीका आमाहरु

-वीरेन्द्र केसी

सन्धिखर्क, अर्घाखाँची – दुखजिलो गरी हर्ुकाएका छोरास"ग वर्षौसम्म भेट नहुदाको पीडा आमालाई कम्ती हुदैन । विदेशीएको छोरास"ग न्यास्रो मेटाउन आमाहरु र्साईबर धाउन थालेका छन ।

युवायुवतीको भीड लाग्ने र्साईबरमा आजभोली हजुरआमाको भीड लाग्ने गर्छ । तीन वर्षाका लागि नआउने गरी विदेशिएका छोरास"ग कुरा गर्न र अनुहार हर्ेन आमाहरु र्साईबर जानेको सख्या बढदै गएको छ । दर्ुइ वर्षअघि रोजगारीका लागि मलेसिया गएका आफनो जेठो छोरास"ग कुरा गर्दै सौतमारेकी सितादेबी थापाले भिडियो च्याट गर्दै न्यास्रो मेटाउदै आएकी छन । चिठी लेख्न सक्ने भए, चिठी पठाउने थिए धेरै दिनसम्म रोएर बसे । उनले भनिन, अहिले त अनुहारै देख्न पाए कान्छो छोराको सहयोगले च्याट गर्दै गरेकी उनले दर्ुइ वर्षछि छोरास"ग कुरा गर्दा हर्षा आ"सु झार्दै भनिन, मैले पनि उसको अनुहार देखे उसले पनि मेरो अनुहार देखेको छ ।पहिले भन्दा आजभोली अलिअलि मोटाएको रहेछ । जन्मेदेखी छोराले घर छाडेको थिएन पहिलो पटक घरै छाडेर जा"दा कति दिनसम्म खान नखाई बसे उनले भनिन, अहिले अनुहार देख्दा खुसी लागेको छ ।

छोराले सबै कुराबाट मुक्त गरिदिएको पनि उनले बताईन । पढाउन नसकेपनि छोराको उज्जवल भविश्यको लागि विदेश पठाएका हौ उनले भनिन,पैसा कमाएपछि केही बाटो लाग्छ ।

छोरो नह"दाको न्यास्रो कप्युटरले मेर्टाईदिएको छ उनले भनिन, छोराको अनुहार हर्ेन छ घण्टाको बाटो हिडेर हप्तामा सदरमुकाम आउ"छु उनले भनिन, छोराले के गरिरहेको छ भन्ने साता भरी चिन्ता लाग्छ । छोरास"ग कुरा गर्न भनेर उनी सदरमुकाममा दर्ुइ दिन बस्ने गर्छिन । छोराको फर्ुसद भएको बेला खबर गरेपछि आफु र्झने बताईन । विदेशीएको छोरास"ग च्याट गर्दा आमाछोरामा खुसीको सीमा थिएन । आमास"ग कुरा गर्दा मलेसियामा रहेका राजेश पनि कम्ती खुसी देखिएका थिएनन । च्याट गर्दा आमा र भाईलाई हर्ेदा राजेशले पनि आ"खाबाट आ"सु खसालेका थिए । घर परिवार छाड्दाको पीडा छुटै हुन्छ, सञ्चारकर्मीको जवाफमा च्याट्को माध्यमबाट उनले जवाफ दिए हामी त यस्तै हो सधै घरमा बसेर पुग्दैन कतै जानर्ैपर्छ तर आमाको आ"खामा आ"सु झरेको देख्दा भने मलाई साह्रै पीर लाग्छ ।

वा"गीकी सावित्रा भुसाल पनि र्साईबरमा च्याट गर्न आउ"छिन । छोराको अनुहार हर्ेन बेलाबेलामा आउने गर्छु उनले भनिन, भेट हुन नपाएपनि अनुहार हर्ेन पाएपनि मन सन्तोष हुन्छ । र्साईबरमा सञ्चालकको सहयोग र चलाउन जान्नेलाई साथमा ल्याएर आउने पनि उनले बताईन । दुई वर्षअघि मलेसिया गएका छोरास"ग कुरा गर्न बल्कोटबाट हप्तामा तीन दिन सन्धिखर्क आउछु ५५ वषर्ीय सानिमाया भुसालले भनिन,छोरास"ग पनि कुरा गर्न पाईन्छ केही नया" कुरा सिकिन्छ ।

छोरास"ग च्याटमा कुरा गर्न घण्टौ धाएर गाउ"बाट सदरमुकाम आउने महिला धेरै छन । र्साईबरमा हजुर आमा देखी बुहारीहरु पनि आउने गर्छन । सदरमुकाम आएपछि र्साईबरमा गएर विदेशमा रहेको आफना श्रीमानस"ग कुरा गरेर जाने गर्छन । च्याटमा दवैको अनुहार पष्ट देख्न सकिने भएकाले महिनामा तीन पटक र्साईबरमा आउने गोखुगाकी शान्ता नेपालीले बताइन । च्याटमा आउ"दा छोरो मोटाएको र दुब्लाएको सबै देखिन्छ उनले भनिन,मन सन्तोष हुन्छ । र्साईबरमा आउन थालेपछि चिठी लेख्न छाडेको उनीहरु बताउ"छन ।

युवायुवती मात्रै नभएर हजुरआमा पनि आउन थालेको वल भीजनका र्साईबर सञ्चालक रमेश बञ्जाडेले बताए । समय समयमा भिन्नै खालेको च्याटमा देखिने उनले बताए । सातमा चार पा"च जान यस्तै आउने उनले बताए ।

—————

हामीलाई समाचार, लेख, फोटोभिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा पठाउनुहोला तपाईंका समाचारसामाग्री बाहेक अन्य केही सुझावसल्लाह भए:-

मेहर सिंह के.सी सस्थापक, प्रमुख meharsinghkc@sandhikharka.com
वीरेन्द्र केसी, सम्पादक, birendrakc@sandhikharka.com
गणेश चुदाली, सह सम्पादक, ganeshchudali@sandhikharka.com,
बिनोद गैरे, सह सम्पादक, binodgaire@sandhikharka.com

एवम मध्यपुर्वबाट कुनै पनि समाचारसामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी umakantapandey@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ

अन्य समाचारहरु