१७ वर्षीया राउटे किशोरी बलात्कृत

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं.९ नजिकको जङ्गलमा बस्ने राउटे जातिकी १७ वर्षीया एक किशोरीलाई अज्ञात समूहले सामूहिक बलात्कृत गरेको छ ।
एउटा मात्रै परिवार रहेको सो घरमा शुक्रबार राति लाठीसहित गएको तीनजनाको समूहले किशोरीका बाबुआमालाई कुटपिट गरी उनलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।
कुटपिटबाट किशोरीका बाबुआमा घाइते भएका छन् । सो समूहले बलात्कारपछि नगद रु. पाँचहजारसहित सुनको केही गहना र सिल्भरको डेक्चीसमेत लुटेर लगेको प्रहरीले जनाएको छ ।