लगभग हजारौं बेलायती सर्वसाधारणले हिजो लन्डनमा जुलुसको आयोजना गरी बेलायतको निर्वाचन प्रणालीमा सुधार गर्ने माग गरेका छन।
जुलुसका सर्वसाधारणले "अहिले निष्पक्ष मतदान गर्नुपर्ने", "मत खेर फाल्नु भएन"आदि नारा बोल्नुका साथै संसदमा तेस्रो ठूलो पार्टी –लिबरल डेमोक्रेट्स पार्टीका प्रमुख निक क्लेगलाई बीस हजार जनाको नाम भएको आवेदन-पत्र दिएका छन। सो आवेदन-पत्रमा लिबरल डेमोक्रेट्स पार्टीसित निर्वाचित घोषणा पत्रमा दिइएको वचनबद्धता पालना गर्ने माग गरेको छ। यसबाट अनुपात प्रतिनिधि प्रणालीलाई अघि बढाइनेछ।
यसअघि लिबरल डेमोक्रेट्स पार्टीका प्रमुख निक क्लेगले वर्तमान निर्वाचन प्रणालीमा सुधार गर्ने कुरालाई महत्वपूर्ण कदम भएको बताउनुभएको थियो।
सम्बन्धित विश्लेषकले जनाएअनुसार, लिबरल डेमोक्रेट्स पार्टी र कन्जरभेटिम पार्टी बीचमा संयुक्त सरकारको गठन हुने कि नहुने कुरा नै मुख्य विषय भएको छ।