बग्दादका आठ वटा सुरक्षा जाँचबुझ केन्द्रमा सशस्त्र शक्तिद्वारा हमला

इराकको राजधानी बग्दादका आठ वटा सुरक्षा जाँचबुझ केन्द्रमा आज विहान सशस्त्र शक्तिद्वारा हमला गरेको छ। सो हमलाबाट नौ जना सैनिक तथा प्रहरीको मृत्यु हुनुका साथै तेईस जना घाइते भएका छन्।

      हमला पश्चात बग्दाद सैनिक र प्रहरीले सुरक्षा सबल पारी धेरै अस्थायी जाँचबुझ केन्द्र राखेको तथा हेलेकप्टरबाट गस्ती गरेको छ।

      हाल इराकी सुरक्षा सेना र अमेरिकी सेनाले संयुक्त रुपमा इराकमा रहेको अल कायदामाथि पनि हमला गरेका छन। त्यसबाट दुई प्रमुखको मृत्यु हुनुका साथै दशौँ शंकास्पद व्यक्तिलाई पक्राउ गरेका छन। तर बग्दाद लगायत धेरै स्थानमा अझै धेरै ठाउँमा हमलाका घटना भएका छन। गत अप्रिल महिनामा बग्दादमा धेरै श्रृंखलाबद्ध बम विस्फोटका घटना भएको र सोबाट सय जना भन्दा बढी मारिएका छन।