०१७,०३६,४६ र ६२/६३ सालमा निरन्तर आन्दालेलनमा लागेका उनलाई जीवनमा कहिल्यै दुख लागेन तर संविधान बन्ने अन्योलले उनलाई सबैभन्दा दुखी बनाएको छ । पाचायत र राणा कालका विरुद्ध मुक्ति सेनामा लागेर पटक पटक प्रजातन्त्रको लागि वीपी कोईराला कृष्ण प्रसाद भटराई सित युद्ध लडेका आलेको जीवन नै आन्दोलनमै बितिरहेको छ ।
जनताको मुक्तिको लागि जीवन भर लडियो तर कहिल्यै जनताले भने जस्तो हन सकेन यसपाली जेठ १४ भित्रै संविधान बन्यो भने बुढेशकालमा यसैमा आजसम्म गरेको त्याग र बलिदानको विजय मानौला भनेको थिए तर झनै दुखित बनायो संभव होला जस्तो लाग्दैन । मिल्नुको साटो दलहरुको आ आपनै ढिपीले तोकिएकै समयमा संविधान नबन्ने भएकोमा उनी मात्रै नभएर गाउँका सबै सर्वसाधारण घरमा टोलाएरै बसेका छन । राणा र पाचायतको विरुद्धमा उनी लगायत गाउँलेले कोईराला भटराई लगायतलाई सघाउ पुयाएका थिए ।
नजिकै दुम्सी जंगलमा लुकेर बस्ने र युद्ध सेना तयार गर्न राणा विरुद्ध देखी लिएर माओवादीले सम्म यही थलोलाई युद्धमा प्रयोग गरे तर परिवर्तन भएर देशको ठुलो ठाउमा पुग्दा कसैले फर्केर हेरेनन । उक्त जंगल लडाकु तयार पार्न र लुक्न नेपालकै सुरक्षित स्थान मानिन्छ त्यसैले यो गाउँको देहको परिवर्तनमा कम्ती भुमिका छैन । झाडी जंगलको बीच बीचमा साना घरमा बसेका छन गाउँले । यी गाउँमा सरकारले अझैसम्म कुनै कार्यक्रम र विकास गरेको छैन । जंगलको छेउको सानो घरमा बसिरहेका हिक्मत बहादुर शारु पनि संविधान नबन्ने खबरले चिन्तित छन ।
घरको काम धन्दाको बारेमा चासो छैन तर तोकिएको सयमयमा संविधान बन्ने अनिश्चित हुदा निराश छन । भन्छन म पनि यो देशको नागरिक हु त्यसैले खबरदारी गनुपर्छ हामि जस्ता जंगलमा बस्नेको कुरा सुन्नुपर्छ नेताले सबै दल मिलेर संविधान बनाउ । जनतालाई शान्ती विकास रोजगारी दिलाउ । संविधान बन्ने मिति नजिकिदै गर्दा दलका नेता मिलेर संविधान बनाउनुको साटो कुर्चीको लोभमा नअल्झिए जेठ १४ मै संविधान बन्नेमा उनी विश्वस्त छन ।
हरेक पटक युद्धको प्रत्यक्ष पीडा खेपिरहेको सिद्धाराका वासिन्दामा संविधान बनेन भने फेरी हिसात्मक युद्ध हुने डरले त्रसित बनेका छन । राजधानी र दलका नेतालाई भन्दा विकट गाउँका वासिन्दालाई देशको र संविधानको बारेमा बढी चिन्ता छ । हामि सबै दुखी छौ तोकिएको समयमा संविधान नबन्ने खबरले हेरौ दलहरु मिलेर जेठ १४ भित्रै संविधान बनिहाल्छकी स्थानीय ऐन बहादुर आलेले भने देशलाई अस्थिरतामा नलैजना उनले नेतालाई सुझाव दिए ।
दलहरु लडेर सत्ताको खेलमा लागेर देश बिग्रन्छ त्यसैले मिलेर जानुपर्छ कुर्चीको तानातान होईन कुन नेता र पार्टीले कहाँ कति विकास गर् यो । जनतालाई के दिईयो भन्नेमा प्रतिश्प्रधा भईदिने हो भने यो देश विश्वकै नमुना देश बन्ने थियो तर त्यो हुन सकेन । दुखजिलो गरेर दुई छाक खाएका छौ उनले भने एकता शान्ती रोग भोक शिक्षा स्वास्थ्य सबै राज्यबाट केही सुविधा पाएका छैनौ । संविधान निर्माण भए ६२/६३ को जनआन्दोलन र जनताको विजय हुने गाउँलेको भनाई छ ।