माहुरी घार र मह बेचेर कृषकले लाखौ आम्दानी लिएका हुन । कुनै दिन खेतवारीमा व्यस्त हुने जिल्लाको धनचौर गाविसका बासुदेव पाण्डे अहिले माहुरीसँग खेल्न थालेका छन । खेतबारीमा दिन बिताउने समयलाई छाडेर जतिबेला पनि उनी माहुरीको स्याहार सुसार गर्न भ्याई नभ्याईमा छन ।
माहुरी पालनमा मात्रै व्यस्त भएपछि अहिले उनको हातमा सधै माहुरीको चाका र मह हुन्छ । पाण्डृको मात्रै होईन हातमा हसियाँ र कोदाले नटुटने यहाँका थुप्रै कृषकको हातमा अहिले माहुरीका चाका र मह हुन थालेको छ । जिल्लाको धनचौर र ढिकुरा गाविसका अधिकाश कृषक व्यावसायीक माहुरीपालनतर्फ लागेका छन । अरु भन्दा माहुरीबाट सजिलो र एक ठाउँमा बसेर काम गर्न सकिने आम्दानी मुलक र सुरक्षित पेशा भएकाले माहुरी पालनमा लागेको पाण्डेले बताए ।
अन्न खेती र पशुपालनमा रात भरी घोटिदा पनि आम्दानी शुन्य हुन्थ्यो तर माहरी पालनबाट एकै ठाउँमा बसेर सजिलैसँग काम गरेर आम्दनी लिन सकिन्छ पाण्डेले भनेअन्न खेती र पशुपालन भन्दा यसबाट तेब्बर आम्दानी छ घरपरिवारमा खर्च चलाउन निकै सजिलो भएको छ । उनले घरमा ५० घर माहरी पालेका छन । मह र माहुरीका घार बेचेर वार्षिक रुपमा ढेड लाखसम्म आम्दानी गर्ने बताए । एक घार माहुरीबाट वर्षमा १० किलोसम्म मह उत्पादन हुन्छ पाण्डेले भनेएक घार माहुरीबाट वर्षमा ३ घार जति माहुरी हुन्छ प्रतिघार ३ हजारमा बिक्री हुन्छ ।
त्यस्तै ढिकुरा गाविसका सु प्रकाश खनालले पनि ६० घार माहुरी पालेका छन । उनको मुख्य आम्दानीे भनेकै माहुरी हो । माहुरीबाट वार्षिक रुपमा २ लाख आम्दानी गर्ने खनालले बताए । बढदो माहुरीपालन व्यावसाय अनुसार माहुरीका लागि आहार कमी भएकाले सोचे जस्तो आम्दानी भने हुन नसकेको उनको भनाई छ । ६ वर्ष अघि एक घारबाट शुरु गरेका उनले घरमा ६० घार माहुरी पालेका छन भने उत्पादन गरेर दुईसय घार जति बेचेको बताए ।
धनचौरकी शुसिला मगरले माहुरी पालनबाट छोराछोरीलाई बोडिङ्गमा पढाउन र घर खर्च चलाउन कुनै अप्ठयारो नभएको बताईन । खेती किसान भन्दा माहुरीबाट धेरै आम्दानी हुन्छ उनले भनिनमुख्य आम्दानी यसैलाई बनाएका छौ ।
पाँच वर्ष अघि स्थानीय रुपमा माहुरी पालन समुह गठन गरेर शुरु गरेको व्यावसायिक माहुरीपालन अहिले गाविसको ८५ घरमा फैलिएको छ । माहुरी मार्न थालेपछि तालीम लिए फेरी १० घार थपे खनालले भनेखेती किसान र पशुपालनबाट भन्दा माहुरीबाट धेरै फाईदा भएको छ । माहुरी पाल्नेको सख्या बढदै गएपछि अब सहकारीमा लैजाने पाण्डेले बताए ।
यस क्षेत्रमा परम्परागत रुपमा माहुरी पालिदै आएपनि राम्रो अम्दानी लिन नसकेका यहाँका कृषकलाईै जिल्ला कृषि विकास कार्यालय र केही गैर सरकारी संस्थाले व्यवस्थित गरिदिएपछि व्यवसायिकतर्फ लागेका हुन । यस क्षेत्रमा माहुरीलाई चरनको राम्रो स्थान भएकाले माहुरी पालन व्यावसाय राम्ररी फस्टाएको छ ।
यस क्षेत्रमा एपी शेरेना जातको माहुरी पालिएको छ । कृषकले उत्पादन गरेको मह प्रतिकिलो ३ सय रुपैयामा बिक्री हुने गरेको छ । मह सदरमुकाम बुटवल कृष्णनगर कपिलवस्तु काठमाडौ लगायत स्थानीय गाउँमा बिक्री हुने गर्छ ।
माहुरीका लागि चिउरी लगायतका पुल पुल्ने रुख प्रशस्त चाहिन्छ जिल्ला कृषि विकास कार्यालयका अधिकृत शिव प्रसाद रीजालले भनेकृषकलाई थप प्रोत्साहित गर्न तालीम र आवश्यक प्राविधिक सल्लाह दिएको छौ ।
खेतवारीमा राखिने विषादी र युरिया लगायतका मलले फुल फल्ने खेतीमा चर्न जाँदा असर गरेर मर्ने गरेकाले विषादी प्रयोग नगर्न कृषकलाई जिल्ला कृषि विकास कार्यालयले अनुरोध गरेको छ । कृषि कार्यालयले धनचौर ढिकुरा पोखराथोकठाडाठेलापोखराजलुके जुकेनासिद्धारावाङ्गला सीतापुर लगायतका गाविसलाई माहुरीपालन क्षेत्रको रुपमा पकेट क्षेत्र घोषाण गरेको छ । जिल्लामा माहुरीका घार र महबाट वार्षिक रुपमा ९० लाख भन्दा बढी भित्रिने कृषि कार्यालयको अनुमान छ ।