मकै र धान खेती पछि अधिकाश किसानले आलु खेती गर्छन । गहँ र तोरी भन्दा आलुबाट तेब्बर आम्दानी लिन सकिने किसानको भनाई छ । आधुनिक तरिकाबाट आलु खेती गर्न लागिएको छ ।
रोपेको तीन महिनामा तयार हुने भएकाले यो मौसममा एउटै जग्गामा चार पटकसम्म उपादन गर्न सकिन्छ वाँगीका किसान विष्णु अधिकारी भन्छनआलु खेतीबाट राम्रो आम्दानी हुन्छ । यसैबाट घरको सबै खर्च धान्न पुगेको छ । आम्दानी धेरै र खेती गर्न सजिलो छ उनले भनेवर्षेनी एक लाख बराबरको आलु उत्पादन हुन्छ । गाउँका सबै किसानले आलु खेतीलाई अनिवार्य गराएका छन । उनले ८ रोपनी खेत र बारीमा आलु लगाएका छन । उनले जस्तै गाउँका सबै किसान आलु खेतीको लागि खेतबारीमा व्यस्त छन ।
आलु बाह्रै समयमा अभाव हुने भएकाले यस पटक धेरै किसानले आलु लगाएका छन । आलु नबिक्लाकी भन्ने डर हुदनै अर्का किसान पि्रतम केसीले भनेअरु खेती छाडेर सबै बारीमा आलु लगाएको छु । बारीमा २ क्युन्टल लगाईसके अब ३ क्युन्टल लगाउदै छु केसीले भनेअरु खेतीले आम्दानी हुदैनन्थ्यो तर आलुले अहिले राम्रो आम्दानी भएको छ । बारीमा लगाएको आलु एक बोटबाट ४ किलोसम्म फल्ने गर्छ । यस पटक ३ लाख भन्दा बढी कमाउने उनको दाबी छ ।
आलु वर्ष दिनसम्म नबिग्रने भएको खान पनि आनन्द लाग्छ पैसा पनि धेरै आउँछ उनको भनाई छ । खिदिमकी पार्वता गौतमको जीवन आलुले सुधारिदिएको छ । घर खर्चको लागि आलु लगाउथे उनले भनिनअहिले १० रोपनी खेतीमा आलु लगाईसकेकी छु दुई तीन पटक सिचाई गरेपछि पुग्छ घर खर्च चलाएर एक लाख जति बचत हुन्छ । अरु छाडेर यो मौसममा आलु खेती गरेपछि वर्ष दिनलाई खर्च चलाउन ढुक्क भईन्छ उनले भनिन आलु नबिक्ला भन्न परेन ग्राहक खेतमै किन्न लिन आउँछन ।
विदेशमा गएर १०/१२ हजार कमाउनु भन्दा घरपरिवारसगै बसेर कमाउनु राम्रो भएकाले कतार जान भन्दा यही राम्रो भएकाले कतार जाने विचार छाडे अर्का किसान विष्णु खडका भन्छनआलु सबैभन्दा उत्तम पेशा रहेछ राम्रो फस्टाउदै गएको छ । आलु सधैभरी अभावै अभाव हुन्छ त्यसैले ६ रोपनी खेत भाडामा लिएर आलु लगाए उनले भनेजति लगाए पनि घाटामा जादैन यस पटक आलुको आम्दानीले राम्रो घर बनाउने सेचमा छु । डेढलाख भन्दा बढी कमाईएला एक पटकमा उनले भने ३ पटकसम्म लगाउने सोचमा छु ।
आलु अधिकाश तरकारीमा बाह्रैमास मिसाएर खान सकिने भएकाले आलु खेती गर्न किसान उत्साहित भएका छन ।अर्घाखाँचीका प्राय किसानले आलु खेती गर्छन । प्रत्येक वर्ष एक लाख मेटि्रकन भन्दा बढी उत्पादन हुने कृषि कार्यलयको अनुमान छ ।
आलु नगदे बाली भएकाले सबै किसानले सजिलै आम्दानी गर्न सकिने भएकाले सबै किसान आलु खेतीमा आक्रशित भएका हुन जिल्ला कृषि विकास कार्यालयका वागवानी अधिकृत शिव प्रसाद रिजालले बताए । आलु खेती गर्न किसानलाई बिउ औषधी र तालीमा जस्ता कार्यक्रमले किसान थप उत्साहित भएको उनको दाबी छ । आलु लगाउने किसान बढदै गएकाले आलुको बीउ पनि अभावसगै महगीएको छ ।
बजारमा बीउको आलु किलोको ३५ रुपैया पुगेको छ । केही किसानले उत्पादन गरिसकेको खाने आलु अहिले बजारमा किलोको ४० रुपैयामा बिक्री भैरहेको छ । एक किलो बीउको आलुमा २० देखि ५० वटा दानासम्म हुन्छन एउटा दानाबाट ४ किलोसम्म उत्पादन हुने किसानले बताए । आलु कृषकले जिल्ला कृषि कार्यलयबाट सहयोग नपाएकाले सोचे जति आलु उत्पादन गर्न नसकिएको गुनासो गरेका छन ।