जिल्लामा माग बढदै गएकाले समुदायमा हस्तान्तरण भएका सामुदायिक वनको सख्या ३ सय ५४ पुगेको छ । जिल्लाको कुल क्षेत्रफल १ लाख २३ हजार २ सय ७२ हेक्टर रहेको छ । जिल्लाको कुल राष्टिय वन क्षेत्रफल ६७ हजार ७ सय २३ हेक्टर मध्ये अहिलेसम्म १९ हजार ३ सय ६७ हेक्टर सामुदायिक वनका रुपमा गठन गरी स्थानीय समुदायलाई हस्तान्तरण भैसकेको सहायक जिल्ला वन अधिकृत मदन प्रसाद ढु¨ानाले जानकारी दिए ।
अघिल्लो वर्ष जिल्लाका सिद्धारा, खिदिम, ढाकावाङ, पटैती ढिकुरा सिमलपानी, जलुके नुवाकोट लगायतका गाविसमा नयाँ सामुदायिक वन गठन गरी स्थानीय उपभोक्तालाई हस्तान्तरण गरेको उनले बताए । हस्तान्तरित सामुदायिक वनबाट ३८ हजार ३ सय ७९ घर परिवारका २ लाख २० हजार भन्दा बढी जनसख्या प्रत्यक्ष रुपमा लाभान्वित भएको वन कार्यालयले जनाएको छ ।
वन सम्बन्धी सचेतना पछि समुदाय नै बढी कस्सिएर लागेपनि बिगि्रएर रहेका वनलाई सामुदायिक वनका रुपमा गठन गरी स्थानीय समुदायलाई हस्तान्तरण गरेपछि पुन घना जंगल भएको ढुानाले बताए । त्यसबाट उनीहरुले घाँस दाउराजडिबुटी र काठ बेचेर राम्रो आम्दानी लिईरहेका छन । सामुदायिक भएपछि सबै वनको जिम्मा उपभोक्तालाई हुने भएकाले कार्ययोजना अनुसार काम गर्दा उपभोक्तलाई बढी फाईदा हुने भएकाले सामुदायिक वन बनाउन आवश्यक छ । सामुदायिक वनबाट आर्यआर्जन गर्न सकिने अन्यबाट गरेर लाखौ आम्दानी लिन सजिलो हुने गर्छ ।
जिल्लाको ठाडा गाविसको पथ्थरकोटमा यसै वर्षबाट लघु उद्यम कार्यक्रम अन्तरगत ५ वटा बब्यु काटने मेसिन साचालनमा छन । जसबाट ताना बनाउन सजिलो भएको छ । जिल्लाका सबै वनमा जडिबुटी खेती गर्ने योजना रहेको वनले जनाएको छ । आगामी असार महिनामा अमि्रसो अमिलाटिमुररुद्राक्षरिठा अमिलाकुरिलाे तेजपात तुल्सीका विरुवा ४५ हजारसजिवनका विरुवा ४० हजार र ६० हजार वनमा आधारित लगायत १ लाख ४० हजार नयाँ बिरुवा ४२ गाविसमा लगाउने योजना रहेको वन अधिकृत सुरेस िसंहले बताए ।
सामुदायिक वन गठन भएपछि स्थानीय उपभोक्तालाई वन सम्बन्धी चेतनाउद्देश्यअधिकार कार्ययोजना बनाउने तालिमवन व्यवस्थापन लगायत वन संरक्षण जस्ता तालिम दिने काम भैरहेको सिहले बताए । सामुदायिक वनबाट स्थानीयले गाउँमा सडक बिजुली खानेपानी स्कुल निर्माण देखि साचालन सहुलियत रुपमा क्रण प्रदान जस्ता कामले गाउँलेलाई ठुलो टेवा पुगेको वन कार्यालयले जनाएको छ । सामुदायिक वनमा अवैध काठ चोरी निकासीबदमासी गर्नेलाई कारवाही समेत गर्ने गरिएकाले उपभोक्तालाई फाईदा लिन सजिलो भएको सिहले बताए ।
वन सम्बन्धी कुनै योजना परियोजना साचालन नहुँदा समस्या भएको वनको भनाई छ । जिल्लाका धेरै वनमा भैरहेको जडिबुटी भने त्यतीकै खेर गैरहेको छन ।
सामुदायिक वन भएपछि जिल्लाको वाँगी गाविसमा वनको घाँस बेचेर विद्यालय चलाएका छन । स्थानीय वडा नं ७ स्थित कुझेरी गोवदी पलसपाटा गाउँका वासिन्दाले देउराली सामुदायिक वनमा उत्पादन गरेको घाँस बेचेर नृिसंह प्राथमिक विद्यालय साचालन गरेका छन । कक्षा २ सम्म पढाई हुने उक्त विद्यालयमा सरकारले केही सहयोग नगरेपछि घाँस दाउरा बेचेर २ जान शिक्षकलाई मासिक तलवमलिन्दा खर्च देखि विद्यालयलाई चाहिने आवश्यक खर्च पुगेको वनका अध्यक्ष मोती बहादुर खडकाले बताए । वनको आम्दानी नभएको भए स्कुल साचालन गर्न संभव थिएन उनले भनेपैसा संकलन गरेर अन्य कामको लागि बचत पनि छौ ।