पेशा जोगाउँदै अर्घा, सिद्धारा लगायतका स्थानमा बस्दै आएका गन्द्रव बालवालिका

-वीरेन्द्र केसी


अर्घाखाँची – लोप हुदै गएको सस्कृती र पेशालाई गन्द्रव बालवालिकाले जोगाउन थालेका छन । कुनै बेला सारगी बजाएर गाउँ भरी मिठो गित गाउँदै जीवन निर्वाह गर्दै आएका उनीहरु पछिल्लो पटक पेशा लोप हुदै गएपछि आफनो सस्कृतीलाई बचाउन बालवालिकाले सारगी बजाएर गीत गाउन सिक्न थालेका छन ।

 

पहिला देश र गाउँ घरमा भएका गतिविधि र घटनाक्रमलाई गन्द्रवले आपनो सारगी रेटदै गीतको माध्यमबाट गाउँलेलाई सुचना दिन घर र घरमा डुल्ने गथ्ये । तर  पछिल्लो पटक उनीहरुले गाउने गीत सुचना रेडियो टेलिभिजन र पत्रपत्रिकामा  आउन थालेपछि उनीहरुको पुख्यौली पेशा संकटमा पर्दै गएपनि लोकपि्रय रुपमा रहेको सस्कृतीलाई मेटाउन हुदैन भनेर आपना बालवालिकालाई सारगी रेटेर गीत गाउन सिकाउन अभिभवक लागेका छन ।
अझैपनि कुनै सभा समारोहमा हाम्रो सारगीलाई धेरैले मन पराउने भएकाले लोकपि्रयता कहिल्यै हराउँदैन अर्घाका राम बहादुर गन्द्रवले भने पेशा लोप हुदै गएपनि संस्कृतीको रक्षा  र हाम्रो ईतिहासलाई जोगाउन अभियानमा लागेका छौ ।


 जिल्लाको अर्घा सिद्धारा लगायतका स्थानमा बस्दै आएका गन्द्रव जातिले आफनो संस्कृतीलाई जोगाउने अभियानमा जुटेका छन । गाउँका घर घरमा पुगेर सारगी रेटेर गीत गाउँन छाडिसकेपनि सभा र कार्यक्रममा भने सारगीको महत्व रहेकाले ईतिहास र संस्कृतलाई बचाउन लागेका हौ दल बहादुर गन्द्रवले भने हाम्रो सस्कृती कहिल्यै मेटिदैन । कुनै बेला घरमा रहेका सबै पुरुष जति सबै सारगी रेटेी गीत गाएर अन्न र पैसा संकलन गथ्यौ अहिले त त्यो हराईसक्यो उनले भने यसलाई आधुनिकता तर्फ धकेल्दै बजाउन नजान्नेलाई सिकाउदै सस्कृतीलाई जोगाउन थालेका हौ ।


उनका अनुसार सबैले आफना बालवालिकालाई सरागी बजाएर गीत गाउन अनिवार्य रुपमा सिकाउने गरेका छन । पहिलो पटक बालवालिका र युवा गरी २५ जना भन्दा बढीले गाउँमै सारगी सिक्दै छन । बुवासँग सारगी बजाउँन सिक्दै गरेका १२ वर्षीय बाबुरामले भने पेशा लोप भयो रे बावुबाजेले गर्दै आएको पेशा र सस्कृतीलाई बचाईराख्न सारगी सिक्न लागेको हुँ । आफनो सकृतीलाई पुस्तौ सम्म जोगाईराख्नु पर्ने उनको भनाई छ ।


गाउँ घरमा बोकेर हिडने सारगी राष्टिय र स्थानीय स्तरका कलाकारले पनि बजाउन रुची गर्ने गन्द्रवहरु बताउँछन । खिर्रा र गिठीको काठ र नाईलनको धागोबाट सारगी बन्छ । एउटा सारगीको मुल्य पाँच सय देखी १५ सय जति पर्छ । आफनो सस्कृती लोप हुदै गएपछि जोगाउन युवा पुस्तालाई सिकाउन थालेको उनीहरु बताउँछन ।
स्थानीय तथा गायक ठाकुर गन्द्रभले भने पहिला हामिले सारगी रेटेर गाएको गीत हेर्न मान्छेको भीड हुन्थ्यो तर अहिले पशा हराउदै गएकाले अन्य पेशा खोज्नु परेको छ तर पनि ईतिहास र संस्कृतीलाई बचाउँछौ ।
 
सारगी रेटेर जीवन निर्वाह गरेका गाईनहरु पेशा संकटमा परेपछि जीवन गुर्जान धै धै भएको बताए । गाउँबाटै विस्थापित हुन लागेका जिल्लाको अर्घा गाविसमा रहेका १८ घर परिवारलाई पहाडी स्रोत व्यवस्थापन समुहले पाईलट कार्यक्रम अन्तरगत बस्नको लागि १८ वटा कच्ची घर बनाईदिने समुहका निर्देशक डा। दुमन थापाले घोषणा गरेपछि  खुसी भएका छन ।


पेशा चल्न छाडेपछि उनीहरु मजदुरी गरेर जीवन गुजार चलाउन थालेका छन भने वैदेशिक रोजगारमा समेत जान थालेका छन । बालक देखी वृद्धसम्म बाह्रैमास सारगीको धुनमा गीत गाउँदै गाउँमा हिडने चलन थियो तर अहिले त्यती राम्रो मान्न छाडेको गुनासो गन्द्रवहरुको छ ।


उनीहरुले गीत गाए वापत गाउँलेले दिएको माना पाथी अन्न ध्यु तरकारी र पैसाले जीवन निर्वाह गर्दै आएका थिए । पुख्यौली पेशा विगत सात वर्षयता हराउँदै गएको छ तर पनि सारगी बनाउन छाडेका छैनन उनीहरुले आपनो सस्कृतीलाई जोगाउन ठुला मान्छे र पर्यटकलाई सारगी किन्न लगाउने र उपहार स्वरुप पठाउन थालेका छन ।

अन्य समाचारहरु