-वीरेन्द्र केसी
अर्घाखाँची – जिल्लामा मदिरा व्यासायी गर्दै आएका मदिरा बिक्रेताहरु संगठित भएका छन । मदिरा बिक्री वितरणलाई व्यवस्थित गर्ने उद्देश्यले व्यावसायीहरु संगठित भएका हुन । सन्धिखर्कमा बसेको मदिरा व्यावसायीहरुको भेलाले रेशम थापाको अध्यक्षतामा जिल्लामा पहिलो पटक अर्घाखाँची मदिरा एरोसिएसनको गठन भएको छ ।
उपाध्यक्षमा जीवन घिमिरे सचिवमा मुक्तिनाथ भुसाल सह सचिवमा ओम प्रकाश श्रेष्ठ कोषाध्यक्षमा तुल्सीराम भुसाललाई चयन गरेको छ । सदस्यहरुमा अशोक श्रेष्ठ राम बहादुर श्रेष्ठ पदम भुसाल र प्रकाश श्रेष्ठ रहेका छन ।
भेलाले जिल्लामा मदिरा बिक्री वितराणलाई व्यवस्थित गर्न आचार संहिता बनाएको छ । जिल्लामा रहेका मदिरा डिलरले बाहिर जिल्लामा मदिरा बिुक्री वितरण गर्नमा प्रतिबन्ध लगाएको छ । साथै बाहिरी जिल्लाबाट अर्घाखाँचीमा मदिरा बिक्री गर्न चाहने डिलर र व्यावसायीले गठित समितको स्वीकृत लिनुपर्ने निर्णय गरेको छ ।
मदिराको लाईसेन्स नलिई चुरोट साबुन र चाउचाउ सगै मदिरा बिक्री गरेको पाईएमा त्यस्तो व्यापारीलाइृ कानुनी कारवाही गर्ने निर्णय गरेको सचिव मुक्तिनाथ भुसालले बताए । समितले मदिरा बिक्री गर्ने व्यावसायीले अन्य सामान बिक्री गर्न नपाईने नियम बनाएका छन ।
जिल्लामा कर छलेर अबैध रुपमा मदिरा बिक्री वितरण बढदै गएको छ । मदिरा विक्री वितरणमा प्र्तिबन्धित जिल्लामा खुले आम रुपमा कपडा फेन्सी किराना व्यापारीले लाईसन्स नदिइकन मदिरा बेचिरहेका छन । जिल्लामा भएका नक्कली मदिरा बेच्ने व्यापारीलाई कारवाही गर्ने समितिले जनाएको छ ।