-वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची- गाउँ घरमा बालवावलिका देखी युवा युवतीसम्म कि्रकेट खेलमा सकि्रय छन । कि्रकेटको लागि ठुलो मैदानमा मात्र खेल्न सकिने भएपनि अर्घाखाँचीमा भने घरैपिच्छे कि्रकेट खेलको मोह थामिनसक्नु छ । पहिला गाउँ घरमा भलिवल पुटवल दौड खेलिन्थ्यो अहिले कि्रकेट खेल सबैको रोजाईमा पर्ने गरेको छ ।
पहाडी जिल्लामा कि्रकेट क्रेज गाउँमा अत्यिधिक बढदै गएको छ । एकताका सम्पन्नताको खेल भनेर चिनिएपनि जिल्लाका सबै गाउँमा कि्रकेटको विकास भिरालो र पाखो गाउँसम्म भएको छ । गाउँ घरमा खेलिने कि्रकेट खेलको खेलाडीले आफनै नियम बनाएर खेलिेका छन । सन्धिखर्कमा २०६१ सालमा तत्कालिन प्रहरी नायव उपरीक्षक विजयलाल कायस्थले कि्रकेट खेल जिल्लामा भित्राएर शुरुवात गरेका थिए । त्यसपछि त्यति ठुलो कि्रकेट प्रतियोगिता भएन । खेलकुद विकास समिति र कुनै सरकारी तथा गैर सरकारी निकायले खेलमा लगानी र उत्साह नगरेपनि टेलिभिजन हेरेर यो खेल बालवालिकाले आफै सिकेका हुन । कि्रकेट खेल्न महगो बल हराउने भएकाले सामान्य बलको बढी प्रयोग हुने गरेको छ ।
खेल भनेपनि कि्रकेट नै खेल्छन पोखराथोकका स्थानीय भीम गौतमले भने अरु भन्दा रोचक मानेर खेल्ने गरेका छन । गाउँका साना बालवालिका देखी युवायुवतीसम्म मोटरबाटो चौर घरको आगनसम्ममा कि्रकेट खेल हुन्छ उनले भने सबै घरका वालवालिका कि्रकेट बढी खेल्छन हेर्नेलाई पनि खुब मज्ज हुने गर्छ । खेल खेल्न रोचक हुने र शारीरिक रुपमा फुर्तिलो हुने भएकाले यो खेल सबैले मन पराएका हुन । पहाडी जिल्लामा कि्रकेट खेलका लागि अल्गा डाँडाकाडा भएकाले मैदान अभाव हुने गरेको छ । गाउँमा साना बालवालिका आफैले काठको ब्याट बनाउने गरेका छन । हंसपुरका स्थानीय कि्रकेट खेलाडी सुनित थापाका अनुसार गाउँमा सबै साथीहरु कि्रकेट खेल बढी रुचाउने गर्छन ।
यो नयाँ खेल भएको र खेलमा मज्जा आउने भएकाले सबैको लागि लोकपि्रय बनेको छ । अधिकाश गाउँमा स्थानीय क्लब र युवाको समुहले आफै पैसा उठाएर प्रतियोगिताको आयोजना गर्ने गर्छन । गाउँमा खेलाडी नै आफनै पैसा उठाएर प्रतियोगिता गर्ने क्रम बढदो छ । बुवाआमाले स्कुल खाजा खान दिएको पैसा बचाएर कि्रकेट खेलका लागि खर्च गरको छौ शान्ती उमावि वाँगी कक्षा ७ मा पढने विनोद कुवँले बताए । गाउँका विद्यालयमा पनि यो खेल लोकपि्र्य बनेको छ । कि्रकेट खेलका लागि माग बढदै गएपनि खेलकुद विकास समिति र सरकारी निकायले चासो नदिएको खेलाडीहरुको भनाई छ । सदरमुकाम सन्धिखर्कको टुडिखेलमा कि्रकेट फिल्ड बनाउने भनि जिविसबाट निर्णय भएपनि काम हुन सकेको छैन ।अहिलेसम्म पिल्ड पीच भएको छैन । सन्धिखर्कमा पनि स्थानीय ब्लवले हप्तैपिच्छे कि्रकेट खेलको आयोजना भैरहन्छन ।
कि्रकेट खेलको गाउँमा देखी बजारसम्म लोकपि्रय भएपनि बजेट अभावमा प्रतियोगिता गर्न नसकिएको जिल्ला खेलकुद विकास समितिका सदस्य राम बहादुर परियारले बताए । कि्रकेट खेलका लागि केन्द्रमा र नेपाल कि्रकेट संघले पनि चासो नदिएको उनले बताए । बढदै गरेको कि्रकेट खेललाई कतैबाट सहयोग नभएपनि स्थानीय गाउँले र हामि आफैले पैसा उठाए भएपनि खेललाई निरन्तरता दिएका छौ खेलाडीलाई उत्साह दिएका छौ त्रिशक्ति युवा क्लवका सदस्य मधु श्रेष्ठले बताए ।
जिल्ला स्तरमा धेरै खेलाडी उत्पादन भएका छन । सन्धिर्खकमा पीच र प्रशिक्षक भए क्षेत्र अाचल र केन्द्रीय स्तरमा ख्याली कमाउन सकिने खेलाडी उत्पादन हुन सक्छन । धेरै कठिनाईका बाबजुत कि्रकेट खेल घटदो छैन बढदो छ जिल्ला खेलकुद विकास समितिका अर्घाखाँचीका उपाध्यक्ष विष्णु परियारले भनेकि्रकेटको लागि छेटै समिति गठन गरी व्यवस्थित गरे यहाँबाट राम्रा खेलाडी उत्पादन हुन्छन । बौद्धिक कलात्मक र रोमााचक खेल भएकाले पहाडी जिल्लामा कि्रकेट खेल छिटै लोकपि्रय भएको उनले बताए । सदरमुकामको टुडिखेल मात्र नभएर गाउँ घरमा खेतबारी आगन खयान मोटरबाटमा कि्रकेट खेल्नेको सख्या उल्लेखनिय रहेको उनले बताए । कि्रकेट खेलको प्रतियोगिता गराउन पैसा छैन उनले भने ।
लामो समयदेखी निश्क्रिय रहेको खेलकुद विकास समितिले बजेट अभावमा कि्रकेट खेल प्रतियोगिाता साचालन गर्न सकेकनो छैन । पढन र रोजगारको जिल्ला बाहिर गएका युवाले सिकेर आएपनि स्थानीय गाउँमा सिकाउने गरेपछि र टिभीमा देखेर कि्रकेट खेल्नेको खस्या बढदै गएको छ । स्थानीय बालवालिका पनि सबैभन्दा धेरै कि्रकेट खेललाई रोचक मान्दै घण्टौसम्म रमाउने गरेका छन । स्थानीय स्तरमा खेलेपनि यहाँबाट भैरहवा बुटवल काठमाडौ सम्म कि्रकेट खेलमा भाग लिन जाने गरेका छन ।