प्राकृतिक साधनको बढ्दो बिनास र अनाधिकृत निकासी रोक्न अर्घाखाची र कपिलवस्तुमा साझा सम्यन्त्र

-गणेश चुदाली
बिबिध समाचार  स्रोतबाट

 

प्राकृतिक साधनको बढ्दो बिनास र अनाधिकृत निकासी रोक्न अर्घाखाची र कपिलवस्तु मा साझा सम्यन्त्र 



अर्घाखाचीको र कपिलवस्तु सिमा क्षेत्रमा बढ्दो प्राकृतिक श्रोत साधनको बढ्दो विनास र अनाधिकृत निकासी रोक्न दुबै जिल्लाको साझा संयन्त्र निर्माण भएको छ । 





साझा संयन्त्रमा दुबै जिल्लाका जिविस प्रशासन र जिल्ला वन कार्यलयका प्रतिनिधी रहेका छन् । ढंुगाको  सिमाना देखि रुपन्देही सिमाना विचको चुरे क्षेत्रको बनलाई आरक्ष क्षेत्र घोषणा गर्न बन मन्त्रालयमा संयुक्त माग गर्ने समेत सहमति भएको छ ।प्राकृतिक श्रोतहरुको दोहनवाट श्रृजित समस्याको विषयमा दुई जिल्ल्ााका राजनैतिक दलका प्रमुखप्रशासनीक निकायस्थानिय निकायका प्रमुख संचारकर्मीहरु विच आज सन्धीखर्कमा बृहत छलफल भएको छ ।



 छलफल पछि दुवै जिल्लामा चलेका भ्याकु मेसिनलाई तत्काल नियन्त्रणमा लिई कारवाही गर्ने जंगल भित्र वनाइएका सडकहरु बन्द गराउने जंगल आसपासमा रहेका फर्निचर उद्योगमा छापा मार्ने कपिवलस्तुको उत्तरी क्षेत्रको सिमा आसपासमा ब्यापक मात्रामा रुख कटानी अनाधिकृत बस्ती विकास ढंुगा गिट्टी वालुवाको उत्खनन् र निकासीले प्राकृतिक श्रोत साधान दूरुपयोग भएकोमा दुबै जिल्लाका सरोकारवाला यसको रोकथाममा लाग्ने त्यसैगरी जिल्ला विकास समितीका प्रमुखहरुको संयुक्त पहलमा भएको छलफलमा सिमा क्षेत्रका नदीनालाको आगामी वर्षमा ठेक्का नलगाउने बनजंगल फडानीमा कडा निगरानी गर्ने सिमाक्षेत्रको प्राकृतिक श्रोतसाधन संरक्षणमा दुबैले मिलेर काम गर्ने सहमति भएको छ ।



सिमाक्षेत्रमा सामुदायिक बनको रुपमा रहेका बनहरु दिनहु अतिक्रमित भएको र ती वनहरुको संरक्षणमा चासो दिन नसकेको प्रति दुबै जिल्लाले कमजोरी महशुस गरेका छन् । बैठकमा कपिलवस्तुका स्थानिय विकास अधिकारी चिरन्जीवि भण्डारीले दुबै जिल्ला विच आपसी सम्वन्ध सुढृढ गर्दै श्रोत साधनको उचित उपयोगमा पहल गर्न राखेको प्रस्ताव प्रति अर्घाखाचीका सम्पूर्ण सरोकारवालाले सहमती जनाएका थिए । 

अन्य समाचारहरु