रुसका विदेश मन्त्रालयका प्रवक्ता आन्तरै नेस्टर्रान्कोले हिजो बीस तारिखका दिन सञ्चार-माध्यमसँग बोल्दै हालसम्म रुसले दक्षिण कोरियाली “चेवनान” नम्बरको सैनिक जहाज डुबाइएको कुराको पूर्ण प्रमाण नपाएको कुरा व्यक्त गर्नुभयो।
दक्षिण कोरियाले दिएको केही सर्भेक्षणको नतिजा रुसले पाएको छ। साथै दक्षिण कोरियासँगको सम्पर्कमार्फत रुसले दक्षिण कोरियाले अनुमान गरेको नतिजा पाइसकेको कुरा निश्चित गरेको छ। तथापि रुसले यस दुर्घटनाको अझ बढी छानबीन गरी अन्तिम नतिजा प्राप्त गर्न चाहेको कुरा पनि उक्त प्रवक्ताले बताउनुभयो।