– वीरेन्द्र केसी
अर्घाखाँची, २०६७ जेठ ८ शनिवार – देउराली जीप व्यावसायी समितिको अध्यक्षमा युवराज प्रेम खत्री निर्वाचित भएका छन । अध्यक्ष पदमा चयन गर्न नसक्दा तीन दिन सम्म समिति गठन गर्न रोकिएपछि चुनाव भएको हो ।
खत्रीले ५६ मत ल्याएर अध्यक्षमा विजय भएका थिए भने उनका प्रतिद्धन्द्धी योगेन्द्र खडकाले ५३ मत ल्याएर पराजित भए । जीप समितिका १ सय ९ मत मध्ये सबै मत खसेका थिए । कुनै मत बदर भएका थिएनन । खत्री काग्रेस र माओवादीको तालमेलमा विजय भएका हुन भने खडका एमाले र राष्टिय जनमोर्चाको तालमेलमा पराजित भएका हुन । जीप समितिको अध्यक्षको निर्वाचनको लागि निकै प्रतिस्प्रर्धामा पुगेको थियो । यस्तो चुनाव जिल्लामा अहिले सम्म भएको थिएन ।
सहमतीका आधारमा अध्यक्ष चुन्ने भनिएपनि निर्वतमान अध्यक्ष देवराज श्रेष्ठले विवाद गरी पुन आफु नै अध्यक्ष हुनपर्छ भनेपछि व्यावसायी बीच आपसमा तीव्र विवाद हुँदा तीन दिन सम्म समिति गठनमा अवरोध भएको थियो । विवाद भएपछि व्यावसायीहरु अध्यक्ष चयनका लागि जिल्ला स्तरबाटै दल बीच गुटबन्दी भएको थियो ।
समितिका अन्य पदाधिकारीमा भने राजनैतिक रुपमा पदको भागवण्डाका आधारमा चयन भएको छ । उपाध्यक्षमा गोविन्द विसी खगेश्वर बाचाडे महासचिवमा महेन्दै भुसाल सचिवमा शिवलाल भुसाल र कोषाध्यक्षमा टोपलाल खनाल लगायत १६ सदस्यीय देउराली व्यावसायी समितिको चयन भएको छ ।