अर्घाखाँचीको वाँगी: खाडी मुलुकमा पसिना चुहाएर कमाएको पैसा गाउँको विकास निर्माणमा

– वीरेन्द्र केसी


वाँगी, अर्घाखाँची,  २०६७ जेठ ८ शनिवार — रोजगारीका लागि विदेश गएका युवाले आफनो तलव काटेर गाउँमा विकास निर्माणका काम गरेका छन । 


  घरमा खर्च चलाउन मुस्किल परेपछि विदेशिन पुगेका उनीहरुले आफुले कमाएको पैसा संंकलन गरी विकासका काममा खर्च गरेका हुन । आफनो गाउँलाई सुन्दर र सम्वृद्ध बनाउने उद्देश्य बोकेर उनीहरुले धमाधम लगानी गरेका छन । 


खाडी मुलुकमा श्रम गरेर आफले पाउने पैसाले गाउँलाई नमुना बनाउने सोचमा लागेर युवाहरुले तलव काटेर सामाजिक काममा लगनी गरेका हुन । जिल्लाको वाँगी गविसबाट कतारमा गएका युवाहरुले गाउँमा विकास निर्माणमा लगानी गरेका हुन ।


गाउँका मोटरबाटो विद्यालयमा छात्रवृद्धि खानेपानी देखि विद्यालय साचालन गर्न आर्थिक सहयोग गर्दै आएका छन । वाँगीबाट घरैपिच्छे रोजगारीका लागि कतारमा गएका छन । आफनो देशमा रोजगार नपाएर विदेशिएका युवाहरुले सरकारले काम गर्न हेलच्यक्राई गरेकाले तलव काटेर भएपनि गाउँको विकास निर्माणमा लगनी गर्न सकि्रय भएका हुन । 


वाँगी गाविसबाट कतार गएका सबै युवाले बाँगी कतार समाज मार्फत मासिक रुपमा आफनो लतव काटे र चन्दा संकलन गरेर जम्मा भएको रकमले विकास निर्माण कम गरेको उनीहरुले बताए । यस वर्ष वाँगी गाविसमा क्याम्पस साचालन गर्न ५ लाख रुपैया सहयोग गरेका छन । उनीहरुको सहयोगबाट शान्ती उच्चमाविमा क्याम्पसको पढाई साचालन भएको छ । 

 
यस वर्ष देखी उनीहरुको सहयोगमा क्याम्पस साचालन भएपछि गाउँमा पढाई छाडेर बसेकाले पनि पढन थालेका छन । कक्षा शुरु भएपछि बढी बुहारीहरु पढन आउन थालेका छन । युवाको सहयोगबाट क्याम्पस चलाउन ठुलो टेवा पुगेको उच्चमाविका शिक्षक जीवनारायण खनालले बताए । विद्यालयमा सबैभन्दा उत्कृष्ठ हुने विद्यार्थीलाई छत्रवृद्धि दिन ५० हजारको अक्षयकोष स्थापना पनि गरेका छन । उनीहरुले प्रत्येक वर्ष उक्त रकम दिने भएका छन । त्यस्तै भडारको श्री सिद्ध निमाविलाई पनि ५० हजारको छात्रवृद्धि कोष स्थापना गरेका छन । 


छिमेकी गाविस अर्घाको अर्घारजस्थल माविका २५ हजारको अक्षयकोष स्थापना गरेका छन । वाँगीको वडा न ९ र ८ को भडार प्युडाँडासल्यार लगायतका गाउँमा विद्युतीकरण गर्न ३ लाख रुपैया लगानी गरेका छन । उनीहरुको आर्थिक सहयोगमा उक्त गाउमा विजुली बलेको छ । प्युडाँडाकै गाउँमा मोटरबाटो निर्माणको लागि १ लाखको लगानीमा गाउँमा मोटर पुगेको छ । 


मोटर पुगेपछि स्थानीयलाई आवत जावतमा सुविधा पुगेको छ । रोजगारीका लागि कतारमा गएका युवाले गाउँमा विकास निर्माणमा गरेको लगानीले गाउँमा ठुलो टेवा पुगेको स्थानीय टीका बहादुर खडकाले बताए । उनीहरुले गाउँमा विकास निर्माणमा वार्षिक ८ लाख भन्दा बढीको लगानी गर्दै आएका को समाजका केन्द्रीय अध्यक्ष माधव भुसालले बताए । 


वागी गाविसबाट कतारमा गएका सबै युवा एकजुट भएका छौ उनले भनेसबैले आफनो तलवबाट पैसा छुटयाएर लगानी गरका हौ । कसैलाई केही अप्ठयारो परे आर्थिक सहयोग देखी रोजगारी दिलाउने सम्मका काम गर्ने उनले बताए । वागीबाट ५ सय भन्दा बढी युवाहरु कतारमा काम गर्छन । अर्काे वर्ष पनि यस्तै बजेट ल्याएर गाउका स्थानीयसग सल्लह गरेर नया खालका काममा लगनी गर्ने सोच रहेको उनको भनाई छ ।

 गाउमा खानेपानी विद्यालयमा सौचालन निर्माणमा पनि सहयोग गरेका छन ।  रोजगारका लागि कतारमा गएपछि कमाएको पैसाले आर्य आर्जनमा सजिलो भएको छ । गाउका सबै घरबाट २ ३ जना कतारमा छन । 

 




अन्य समाचारहरु