सातौं चीन,जापान र दक्षिण कोरियाका आर्थिक तथा व्यापारिक मन्त्रीबीचको वार्ता शुरु

सातौं चीन,जापान र दक्षिण कोरियाका आर्थिक तथा व्यापारिक मन्त्रीबीचको वार्ता दक्षिण कोरियाको सोलमा शुरु भएको छ। चीनको वाणिज्य मन्त्री छन त मिङ्ग,दक्षिण कोरियाको कूटनैतिक तथा यातायात मन्त्रालय अन्तर्गत मध्यस्थता मन्त्री खिम जोङ्ग हुन,जापानको आर्थिक व्यवसायका मन्त्री मासायुखी नाशिमाले यस वार्तामा भाग लिनुभएको छ। यस वार्तामा यी तीन मुलुकका आर्थिक तथा व्यापारिक मन्त्रीले पहिलेको आपसी सहयोगलाई पुनरावलोकन गर्नुका साथै चीन,जापान र दक्षिण कोरियाबीचको सहयोग,क्षेत्रीय तथा अन्तर्रष्ट्रिय आर्थिक सहयोग आदी समस्याबारे बैचारिक आदान-प्रदान गर्नुभएको छ।


 


चीनको वाणिज्य मन्त्रालयका मन्त्री छन त मिङ्गले बोल्दै सन 2009 चीन,जापान र दक्षिण कोरियाका अर्थतन्त्रका सामु विश्वको बैकिङ्ग संकटबाट ल्याएको चुनौती देखापरेको छ भन्दै यी तीन मुलुकले अर्थतन्त्रलाई पुनःरुत्थान गरेको साथसाथै द्धिपक्षीय तथा बहुपक्षीय प्रारुपमा आपसी मध्यस्थता र सहयोगलाई सबल पारेको बताउनुभएको छ।