संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनले हिजो इस्तान्बुलमा बोल्दै समुद्री डाँकाको समस्याले अन्तर्राष्ट्रिय समुद्री ढुवानीलाई ठूलो क्षति पुर्याएको साथै सोमालीयालाई संकटमा पारेको विचार व्यक्त गर्नुभयो। सुरक्षा परिषदले समुद्री डाँकूलाई संयुक्त प्रत्याक्रमण गरी उनीहरुलाई कानूनी सजाइँ दिने निर्णय गरेको पनि महासचिव बानले बताउनुभयो।
टर्कीको सबभन्दा ठूलो शहर इस्तान्बुलमा आयोजित संयुक्त राष्ट्र संघ सोमालिया सम्मेलनमा बोल्दै महासचिव बानले उक्त कुरा भन्नुभएको हो। उहाँले समुद्री डाँकालाई निस्तेज गर्न सोमालियालाई अझ बढी समर्थन दिन आग्रह पनि गर्नुभयो।
समुद्री डाँका समस्या यस पटकको सम्मेलनको मुख्य विषय सूची रहेको छ। सोमालिया राष्ट्रपति तथा टर्कीका विदेश मन्त्रीले पनि उक्त सम्मेलनमा सम्बोधन गर्नुभएको थियो।