तर पछि उनले लण्डनको मुटुमा रहेको मेफेयरस्थित एउटा कोठामा चालिस हजार डलरको बैना लिएकी थिइन्।
उक्त पत्रिकाका अनुसार फर्गुसनका भूतपूर्व पति ड्यूक उनको सो सम्झौताबारे बेखबर थिए।
गोप्य
न्यूज अफ द वर्ल्डले भनेको छ, डचेस अफ योर्कले चालिस हजार डलर लिएको भिडियो उसले गत मंगलबार गोप्य रुपमा खिचेको थियो।
बदलामा डचेसले, व्यापारीको भेषमा उनीसंग भेट्न गएका उक्त पत्रिकाका सम्वाददातालाई आफ्ना भूतपूर्व पति राजकुमार एण्ड्रयुसंग भेटाइदिने वाचा गर्दै राजकुमारले उनलाई फाइदाजनक व्यापार सम्झौता दिलाउन मद्दत गर्ने बताएकी थिइन्।
उनले सम्वाददातालाई भनेकी थिइन्, “तपाईंले मलाई हेरविचार गर्नोस् र उनले तपाईंको ख्याल राख्नेछन्