इरानद्वारा अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीलाई पत्र

इरान सरकारले अस्ति तेइस तारिखका दिन अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीलाई सम्बन्धित पत्र पेश गरी सत्र तारिखमा इरान, टर्कि तथा ब्राजिलबीच तेहरानमा हस्ताक्षर भएको आणविक ईन्धनको साटासाट सम्बन्धी सम्झौताबारेको पत्र सुनाएको पनि थियो।

      इरानी प्रेस टी भीका अनुसार, सत्र तारिख इरान, टर्कि र ब्राजिलबीच तेहरानमा प्रकाशित संयुक्त वक्तव्यको आधारमा उक्त पत्र लेखिएको हो र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अध्यक्ष युकिया आमानोले उक्त पत्र पाउनुभएको कुरा जनाएको छ।

      सत्र तारिख सम्पन्न भएको उक्त सम्झौताका अनुसार, इरान सरकारले एक हजार दुई सय किलोग्रामको 3.5 प्रतिशत सधन पारिएको युरोनियमलाई टर्किमा पठाएर एक सय बीस किलोग्रामको बीस प्रतिशतको सधन पारिएको युरोनियमसँग साटासाट गर्न स्वीकार गरेको थियो। उक्त साटासाट कार्य इरान, फ्रान्स, रुस, अमेरिका र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीद्वारा गठित भियना टोलिको औपचारिक रुपमा स्वीकार पाएपछि एक महिनामा शुरु हुनेछ।