दक्षिण कोरियाका राष्ट्रपति लि म्यूँग बाकले आज चेवनान नामको सैनिक जहाज डुबेको दुर्घटनाबारे सम्बोधन गर्दै उक्त दुर्घटना उत्तर कोरियाले आफूलाई रीस उठाउनको लागी गरिएको सैनिक गतिबिधि हो र आफूले यसबारेमा सम्बन्धित कदम चाल्ने कुरा व्यक्त गर्नुभयो।
भविष्यमा उत्तर कोरियाको जहाज आफ्नो समुद्रतर्फ जान नदिइने र काएसोँग उद्योग क्षेत्रबाहेक अरु सबै क्षेत्रमा दुई देशबीचको आदान प्रदान र सहयोग बन्द गरिने कुरा पनि उहाँले व्यक्त गर्नुभयो। साथै उत्तर कोरियाले आफूमाथि रीस उठाउने कुनै पनि सैनिक गतिबिधि गरेमा तुरुन्तै रुपमा आत्मरक्षा गर्ने कुरा पनि उहाँले व्यक्त गर्नुभयो।
श्री लि म्यूँग बाकले आफू र अन्तर्राष्ट्रिय समूहलाई माफी गर्नुका साथै उक्त दुर्घटना सम्बन्धी व्यक्तिमाथि सजायं दिनका लागि उत्तर कोरियालाई आग्रह गर्नुभयो।
सोहि दिन दक्षिण कोरियाली विदेश तथा वाणिज्य मन्त्री यु म्योँग ह्वान, एकीकृत मन्त्री ह्योन इन ताएक र प्रतिरक्षामन्त्री किम ताए योँगले पनि पत्रकार सम्मेलनमा उक्त दुर्घटना सम्बन्धी प्रकाश पार्नुभयो।