– महालक्ष्मी थापा
म बिश्व भ्रमण गरिरहेको थिएं । एक दिनको कुरो हो एकाएक हवाईजहाज धर्तिमा खस्यो । यस्तो ठाउंमा खस्यो कि जुन ठाउंको नाम पनि मैले कहिले सुनेको थिईन । सबै कुरा जल्यो । अधिकांश ब्यक्ति मरे । केहि जिउंदो भए पनि अशक्त थिए । मेरो पनि खुट्टा भांच्चेको थियो । खुट्टाबाट रगत बगि रहेको थियो । हुन त म पेशामा डक्टर थिएं । डक्टर भएर के गर्नु बिना औषधिको डक्टर के काम ? सबै तिर महिले हेरे । कतिका शरिरको टुक्रा टुक्रा भएर यता उता छरिएको अनि कति अं अं गरिरहेको । न त म तिनिहरुलाई बचाउन नै सक्थे । न त अरुलाई खबर नै दिन सक्थे । म स्वयम नै अस्वस्थ थिएं । घांटी च्याप च्याप भईरहेको थियो प्यासले तर पानि कतै पनि थिएन । चारैतरफ हेरे खाल्टो थियो । ठूला ठूला पहाडहरुको खोंचमा त्यो प्यलेन खसेको थियो । भांच्चिएको खुट्टा भोको पेट प्यासले छटपटिएको घांटी अनि अनजान स्थान । धेरै मुस्किल थियो । त्यो बिकट हालत सित सामना गर्न धेरै गारो भएको थियो । श्वास लिन पनि कठिन भईरहेको थियो । अब बांच्नेछु भन्ने आशा समेत हराईसकेको थियो । शरिर हलचल गर्न नसक्ने स्थितिमा भएपनि । शरिर जति अस्वस्थ रहे पनि । दिमागले त सोच्न छोडेको नै थिएन । म यहां बाट कसरी निसक्युं । उपाए खोज्दै थिएँ । त्यहांबाट मुक्ति पाउन प्रयास गर्दै थिएँ ।
एक दिनको कुरो हो म कसैको निमन्त्रणामा संतको प्रबचन सुन्न गएको थिएं । उनले त्यति बेला भनेको शब्दहरु अहिले झलझलि याद आईरह्यो । तिम्रो जिन्दगीमा चारैतिर अंध्यारो छाएको बेलामा भगवानको याद गर उज्यालो किहं न किहं मिल्ने छ । जब तिमी आफुलाई नितान्त एक्कलो पाउंछौ । असक्षम पाउंछौ । चारैतिर मुस्किलले घेरेको पाउंछौ त्यति बेलामा भगवानको समझना गर । कहिं न कहींबाट तिमीलाई उपाए मिल्ने छ । जब तिम्रो जिवनमा चारैतिरको मार्ग बन्द हुन्छ तब भगवानको सम्झना गर त्यहां कुनै न कुनै मार्ग तिमीले भेट्नेछौ । जब तिम्रो मनमा निराशा नै निराशाले घेर्दछ कतै आशाको किरण भेटदैनौ तब भगवानको याद गर आशाको भाव बिस्तारै बिस्तारै आउनेछ । यि बिचार बारम्बार दिमागमा आउन थाल्यो । मैले पनि सोचे यसरी हालत सित हार खाएर यहां बस्नु भन्दा त प्रयास गर्न नै उचित लाग्यो । यहां बसेर पनि त अब छटपटेर नै मर्नु पर्ने त हो । होईन म अब यो पहाड चढ्छु । घुंडाबाट रगत बगि रहेको थियो । त्यो खुट्टाले कामै गर्दैन तर म हिम्मतलाई जगाएर दुई हात र एक खुट्टा टेकेर त्यहां बाट घिरिसंदै माथीतिर उक्लिन थाले । एक भगवान भरोषामा म अगि बढे । एकछिनमा थाक्छु । फेरि प्रयास गर्दछु । फेरि थाक्छु । फेरि प्रयास गर्दछु । थाक्ने र प्रयास गर्ने कार्य भईरह्यो । थाकेको बेलामा हरेश खान्थे । अब केहि गर्न सक्दिन अब तडपिएर मर्नु सिबाए अरु केहि उपाए छैन भनठान्थे फेरि संतले भनेको शब्दहरु याद गर्थे । मान्छेमा अपार क्षमता छ । मान्छेले चाह्यो भने जे पनि गर्न सक्दछ । यहि सोचाईमा मनलाई डुबाएर फेरि हिम्मत गर्दै उक्लिन थाले । भगवानलाई सम्झिदै म यो पहाड उक्लिन सक्दछु भन्ने सोच आफुमा भर्दै म अगि बढन थाले । यस अबधिमा धेरै चाहीं गर्न सक्दिन भन्ने सोच नै आयो । यो गर्न सक्दिन भन्ने शब्दले झन यति मनलाई गाल्यो कि आत्मबिश्वासलाई टुक्रा टुक्रा पार्यो । आशालाई झिरा पार्यो अनि यस्तो जिन्दगी बांच्नु भन्दा त मर्नु निको भन्ने हार खाएको चिन्ताले नै मुटुलाई डस्यो । कहिले कांहि त यिहं बाट हामफालेर आत्महत्या गरुं कि जस्ता पनि लाग्यो । धेरै त नकारात्मक सोचले नै मनलाई अस्त ब्यस्त बनायो । यस्तो स्थितिमा बांच्न झन गारो भयो । तर त्यसलाई मार्न संतले भनेको शब्द याद गर्दै आफुमा आंट भर्दै म अगि बढे । यसो गर्दा गर्दै दुई रात र दुई दिन बिते । र माथी पनि आई पुगे । पेटमा अन्नको दाना परेको छैन । सुकेको घांटिले एक थोपा पानी पाएको छैन । जे जस्तो भए पनि मैले हरेश खान छोडीन । चारैतिर हेरे घना जंगल नै जंगल देखे । न कतै मार्ग । न कुनै उपाए । बिना मार्ग । बिना दिशाको बिना जानकारी कहां पुगिन्छ । ठेगाना त छ कहां पुग्ने हो भनेर । आफ्नो घर आफ्नो देश सबै थाह छ । तर मार्ग कुन हो थाह छैन । भन्दीने कोहि छैन । भौतारिनु सिबाए अब बांकि नै के रह्यो र । भरिएको पेट र तृप्त अधर भईदिएको भए त त्यहि पनि भौतारिदा त्यति असर पर्थेन । भौतारीएको महशुश समेत हुनथिएन । तर भोको पेट । तिरखाएको घांटिलाई लिएर त्यो घमाशान जंगलमा जिउन साह्रै गाहो भयो । जति मुस्किल जिवनमा आए पनि सामना त गर्नै पर्यो । रोए पनि चिच्चाए पनि जिउनु त पर्छनै । यताउता हेर्दै त्यो जंगलमा पानि पाईन्छ कि भन्दै फालफुल कतै मिल्छ कि भनेर खोज्न थाले । हिंड्दा हिंड्दै म बिहोश हुन पुगेछु । त्यिहं बिहोश भएर म लडेको रहेछु । एउटा केटिले पानी लिएर आएर छम्किछे अनि झार पात माडेर सुगाउंदै रहिछ । मलाई जब होश आयो । तब मैले मेरो लागी उसले गरेको मद्धत हेरिरहें । मेरो घुंडाको घाउमा पनि उसले झारपात लेराएर लगाई दिई । म एक डक्टर निस्कृय भए । सैयौंको रोग निबारण गरे तर आज आफ्नै लागी केहि गर्न सकिन । यहां एउटा अनपठ जंगलि केटिले मेरो रोगको उपचार गर्दैछे । देश अनुसारको भेष । ठाउं अनुसारको कार्य भने जस्तै आफ्नो ठाउंको आफै राजा । उनै अब मेरो दिशा बोध गर्ने मार्गदर्शन गर्ने गुरु बनिन् । पानी पिलाईन । मलाई फलफूल लिएर आएर खान दिईन । कहिले नदेखेको फालफुल । खांदा स्वाद पनि नौलो फेरि पनि खाएं । उ आफ्नै भाषा बोल्थि तर म बुझ्थिन । म ईशारा गर्थे ऊ केहि बुझथिईन । केहि दिन म त्यो जंगलमा बसे । कति जंगलि जनाबर आए म धेरै डराए अब मृत्यु सामु आयो जस्तो लाग्यो । तर उनले सबैलाई परास्त गरीन । उनि त सिकार गरेर पनि खानथिन तर म साकाहारी हुनुको कारण त्यसो गर्न सकिन । बस्त्रको नाममा तिनले रुखको बोक्रा लगाएको थिईन । अधिकांश भाग त नांगै थियो । दुई जना त छौं तर एकअर्काको भाषा बुझ्दैनौ । भोक लागेको र प्यास लागेको डराएको कुरा त बुझ्दछौ । जरुरतको महशुशलाई पनि बुझ्दछौं । खुशि र उमगंको भाषा पनि बुझ्दछौं तर शब्दको भाषा रत्तिभर पनि बुझदैनौ । मैले चित्र बनाएर देखाए घर नै घर भएको ठाउंमा पुराई देऊ भने उसले मुन्टो हल्लाउंदै मलाई लिएर गईन । जति हिंडे पनि जति गए पनि अहं भेटिदैन गाउं घर त । एक महिना जति म त्यहाबाट हिंडिरहें अनि केहि छाप्राहरु देखे । जंगली
मान्छेहरुलाई भेटे । तिनिहरु पनि भाषा बुझथेनन् । उनि चाहीं उनिहरुको भाषा बुझ्थिईन तर म चाहीं बुझथिन । म मेरो भाषा उनलाई सिकाउन खोज्थे । उनि उनको भाषा मलाई सिकाउन खोज्थीन । तर अर्थ कसरी सिकाउने । अर्थ बुझ्न पनि त उनको भाषा बुझ्नु पथ्र्यो । कति बुझ्यौं पनि कति बुझेनौ पनि । यसरी नै फेरि त्यहां बाट पनि हिंड्यौं । यति हिंड्यौं कि दिन भरि हिड्थ्यौं जहां रात पथ्र्यो त्यिहं बास बसथ्यौं । उनि मेरो समरक्षक बनिन् । खानापानको ब्यबस्था पनि गर्थिन । जंगलले पशुपंक्षिलाई मात्र पालन पोषण गर्दो रहेन रहिछ यसले त मान्छेलाई पनि पाल्दो रहेछ । मैले त्यति बेला जाने । संधै दिन बितथ्यो त आज यति दिन भयो भनेर म जमिनमा लेख्थे । जब समय हेर्न पथ्र्यो त सुर्यको गतिलाई हेर्थे । मलाई घर परिवारको धेरै याद आयो । मेरो श्रीमती छोरा छोरी के गर्दै होलान भन्ठान्थे । उनिहरुले त मलाई मरेको ठानेर मेरो कि्रयाक्रम समेत गरिसके होलान । तर आफ्नो हालत जस्तो छ त्यहि अनुरुप चल्नु पर्ने । बर्तमानमा मेरो सामु केबल उनि मात्र छिन जसले पालन पोषण देखिन सुरक्षाको ब्यबस्था देखिन मार्गदर्शन सबैको जिम्मेदारी नै निभाएकी छिन । म उनि सित नै रमाउंदै खेल्दै िहंडे फेरि एक महिना कसरी बित्यो अब त थाह पनि भएन सायद माया गर्ने साथी पाएर होला पल कटेको भान समेत भएन । अब दुई महिना हामी साथ साथ रहिसकेको थियौं । अब उनि मेरो भाषा केहि सिक्दै थिईन भने म उनको भाषा बिस्तारै बुझ्दै थिए ।
मैले उनको बारेमा सोंधे उनले भनिन मलाई सत्र बर्षको उमेरमा यहां लेराएर मर्णान्त स्थितिमा छोडदिएको हो । म एक गरिब परिवारमा जन्मेको हुं । मलाई खान लाउनको लागी पनि अरुको घरमा काम गर्नु पथ्र्यो । म अरुको घरमा काम गर्न बसेको थिए । एकदिनको कुरा हो । त्यो घरमा घरको मालिकनि थिईनन् । दुई तिन दिनको लागी अन्तै गएको थिईन । उनि त साहै्र असल सज्जन थिईन । उनले मलाई धेरै माया गर्थिन । उनि नभएको बेलामा त्यो घरको शाहुले मेरो ईज्जत लुटेको थिए । आफुले मात्र नलुटेर साथीहरुलाई समेत लुट्न लगाएको थिए । अनि शाहुनिलाई महिले भन्दिन्छु भन्ने डरले मलाई मार्ने प्रयास पनि गरे अनि म मरे भनेर बिच जंगलमा हेलिकप्टरमा लेराएर मेरो लाशलाई मिर्काएको थिए । म कति दिन यहां मर्णान्त भएर बांचे अनि जंगलि जनाबरक संगै िहंडेर पानीको स्रोत पता लगाएं । उनिहरुले जे खान्थे म त्यहि खान्थे । उनिहरु जहां सुत्थे म त्यिहं सुत्थे । त्यसैले सबै जनाबर सित मेरो मित्रता बढ्यो । म मान्छे हुनुको कारण उनि&