– ऋषि बस्ताकोटी
१.छसय एक
सलहका बथान
सुर्काको धान ।
२. आधा निन्द्रामा
बिग्रेको सपना भो
नया नेपाल ।
३. पानीका धनी
काकाकुल झैँ रुँदै
अंधेरामुनी ।
४. डलर खेति
गरीबी छर्नलाई
मौलायो निकै ।
५. मरेको बाघ
तर्साउन आउला
मौका छोपेर ।
६. परेवा उड़े
बन्दुक पड्काएर
शान्तिका लागि ।
७. छोराले सोध्यो-
बा कहिले आउछ ?
पक्कै आउछ ??