-वीरेन्द्र केसी
अर्घाखाची- बैदेशिक रोजगारका लागि मलेसिया पुगेका १० नेपाली अलपत्र परेका छन । राम्रो रोजगारको प्रलोभनमा दलाल मार्फत मेलेसिया गएका अर्घाखाचीका आठ र गुल्मीका २ गरी १० नेपाली युवा मलेसियाको लालम्पुरमा अलपत्र परेका छन ।
अलपत्र पर्नेमा अर्घाखाचीका अर्घाका बसन्त केसी, बसन्त खत्री, उत्तम केसी जुकेनाका विनोद पौडेल, नेत्र प्रसाद आचार्य नरपानीका खुम बहादुर पाण्डे सिद्धाराका श्रराम मल्ल र डिल्लीराज भुसाल रहेका छन । गुल्मी बलेथुमका प्रेम पराजुली हरिराम भण्डारी रहेका छन । उनीहरु मलेसियाको लालम्पुरको जंगलमा अलपत्र अवस्थामा परेको घर परिवारलाई टेलिफोनमा जानाकारी दिएका थिए । १० जनालाई काठमाडौको महालक्ष्मी मेनपावरबाट मलेसिया कामदारका लागि गएका हुन । उनीहरुले बैशाख २७ गतेदेखी मलेसियामा अलपत्र परेपनि अफैसम्म उद्धार हुन सकेको छैन ।
मलेसिया स्थित पत्रकार विष्णु न्यौपानेका अनुसार मलेसियाको रामापीएक्स कम्पनीमा काम गर्ने सम्झौतामा गएपनि मेनपावरले नक्कली भिषा दिएकाले अलपत्र अवस्थामा रहेका छन । अलपत्र बसन्त केसीकी बहिनी गगाले बैशाख २७ गते काठमाडौबाट मलेसिया गएको चार दिन आफहरु जंगलमा अलपत्र परेको दाजुले टेलिफोनमा बताउनुभयो उनले भनिन तीन दिन देखी पानी र अन्न खान पाएका छौनौ । नेपाल फर्कन पाए हुन्थ्यो हामिलाई बचाउ भन्दै गुहार माग्नु भयो उनले भनिन ।
मलेसियामा मासिक १७ हजार नेपाली कमाउने भन्दै मेनपावरबाट मलेसिया गएका थिए । मलेसिया जना एक लाख खर्च मेनपावरलाई दिएका थिए ।अलपत्र १० नेपाली उक्त मेनपावर मार्फत गएका थिए । सबै जनालाई कम्पनीको एक महिलाले जंगलमा लगेर छाडेको टेलिफोनमा बताएको गंगाले बताईन । टेलिफोनमा दिउसमा जंगलमा बस्ने र रातीमा सर्पको डरले रुप छाप्रा माथि चढेर बसेका छौ दाजुले भन्नुभयो नले भनिन ।
रोजगारको लागि विदेश गएर पैसा कमाउला भन्ने आशामा रहेकी गुल्मी बलेथुमका प्रेम पराजुलीकी आमा मिनालाई गएको तीन दिनपछि मलपत्र परेको खबर आएपछि सन्धिखर्कमा भौतारिएकी छिन । मेनपावरले राम्रो काम लगाईदिन्छु भनेर एक लाख १७ हजार दियौ पैसा कमाएर आफुलाई पाल्ला भन्दा अलपत्र परेको खबरको पीडा खेपिनसक्नु भएको छ ।
मेनपावरले छोरालाई जुस कम्पनीमा जागिर दिने भनि पठाएको थियो उनले भनिन तीन दिन भयो छोरालाई घर पठाईदेउ भन्दै उद्धरा गरिदिन तीन छ देखी सन्धिखर्कमा भौतारिएको बताईन । अहिलेसम्म छोराको केही खबर नआएकोमा उनी चिन्तित छिन ।