घरायसी समस्याले बाहिर गएर पढन नसकेकी सुनिता थापाललाई घर छेउँमा क्याम्पस नखुलेको भए उच्च शिक्षा पढने मौका मिल्ने थिएन । घर नजिकैको गाउँमा क्याम्पस खुलेर कक्षा साचालन भएपछि उनी जस्ता धेरैलाई उच्च शिक्षा पढने अवसर मिलेको छ । उनी पोखराथोकको हरिहर शिक्षा क्याम्पसमा बीएड दोस्रो वर्षमा अध्ययनरत छिन ।
घरको आर्थिक अवस्था सामान्यसगै छोरीलाई बाहिर पढन पठाउन हुदैन भन्ने परम्पराले उच्च शिक्षा पढन त्यती सहज बन्न सकेको थिएन । पढने खर्च नहँदा घरपरिवारले अन्त लगेर पढाउन सक्ने अवस्था थिएन गाउँमै क्याम्पस खुलेपछि सजिलै उच्च शिक्षा पढन पाईयो उनले भनिनदिनभर घरको काम छोराछोरीको हेरचाह गर्छु विहान क्याम्पस जान्छु राती पढछु । पढाईमा राम्रो भएकाले उनलाई सबैले थप हौसला दिएका छन । यहाँ मानवीकी सस्कृत र शिक्षाशास्त्र पढाई हुन्छ ।
बाहिर गएर पढन नसक्नेलाई गाउँ – गाउँमा खुलेका क्याम्पसले पढन सजिलो बनाएको छ । विवाह भएपछि घरायसी बन्धनमा बाँधिएर पढाई छाडेका पुरुष र महिलाले घर छेउमा खुलेको क्याम्पसले पढने जाँगर र अवसर दिलाएको हो । रहर भएपनि यस जुनीलाई पढुला भन्ने थिएन गाउँमा क्याम्पस खुलेपछि धेरै खुसी लाग्यो घरमा कुखुरा बाख्रा पालेर र तरकारी खेती गरेर भएपछि खर्च जुटाएर पढन सकिन्छ भनेर पढाई छाडेको १२ वर्ष पछि फेरी कक्षा ११ मा भर्ना भए धारापानीका सन्तोष मगरले भने ।
सहरमा पढन जान खर्च नभएर छाडेका धेरैले घर नजिकै क्याम्पस खुलेपछि वर्षौ देखी पढाई छाडेर बसेका पुरुषमहिला र बुहारीले उच्च शिक्षा पढन पाएका छन । पढन जागिर खान मात्रै नभएर समाजसेवा गर्न र घरायासी काम गर्न पनि सजिलो हुने भएकाले पढन आवश्यक छ सिद्धार्थ उच्च मावि हंसपुरमा १२ कक्षामा पढदै गरेकी शोभा बस्नेतको बुझाई छ ।
विद्यालयमा पढाउने शिक्षकले पनि गाउँको क्याम्पसमा पढन थालेका छन । जिल्लाका अधिकाशं उच्च माविमा १२ कक्षा साचालन भएकाले उनीहरुलाई स्नातक तहमा पढन सजिलो भएको छ । प्राय उच्च माविमा एक सय देखी तीन सय सम्म विद्यार्थी छन । जिल्लाको गाउँमा खुलेका २४ उच्च माविमा घरैपिच्छेका पढाईमा छन । धरै बुहारी र युवती छन । त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन लिएर गाउँ गाउँमा क्याम्पस खुल्नेको लहर बढदो छ । अधिकाशं उच्च मावि साचालन गर्न चन्दाको सहायता प्रमुख स्रोत बन्ने गरेको छ ।
जिल्लाको दक्षिणी भेगमा पर्ने ठाडा गाविसको ज्योती उच्च माविमा बिएड कक्षा साचालन गर्न चन्दा र भैली खेलेर संकलन भएको रकमले संभव हुने भएको छ । बीएड कक्षा खोल्न अभिभावकले अभियानको रुपमा भैलो खेलेपछि ४ लाख जति संकलन भएको छ । आगामी शैक्षिक सत्रबाट कक्षा शुरु गर्छौ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्त श्रेष्ठले भनेविदेश गएका सित र अन्यसँग सहयोग मागेका छौ । सबै घर घरबाट पनि चन्दा उठाईने छ ।
यसै वर्ष ११ कक्षा साचालन भएको वाँगीको शान्ती उच्च मावि पनि चन्दाको सहयोगबाट संभव भएको हो । यहाँबाट कतार गएकाले ५ लाख सहयोग गरे प्राचार्य मान बहादुर पाण्डेले भने अरु स्थानीय गाउँले काठमाडौबुटवल सन्धिखर्कका व्यापारी लाहुरे कर्मचारीबाट सहयोग भएको हो । चन्दा मात्रै उठाउन चार महिना लागेको थियो । भारतीय राजदुतावासको ७५ लाखको सहयोगमा ५ कोठे भवन बन्दै छ ।
स्थानीयबासी जागरुक भएर खुलेका यस्ता क्याम्पसलाई सरकारले सहयोग गरेको छैन । परीक्षा नियन्त्रण कार्यालयबाट परीक्षा खर्च नपाउँदा नीजि स्रोतबाट परीक्षा खर्च चलाउन अप्ठयारो भएको ज्याती उमाविका प्राचार्य दीपक टण्डनले बताए ।
अधिकाश क्याम्पसमा सरकारले शिक्षक देखी प्रशासनीक र अन्यमा सहयोग नगर्दा उच्चमावि साचालनमा कठिनाई भएको अभिभवकको गुनासो छ । क्याम्पस खुलेपनि यसलाई कसरी दिगो बनाउने भन्ने समस्या छ बाँगी गाविसका पुर्व अध्यक्ष पिताम्बर भुसालले भनेसधै भरी अरुसँग चन्दा उठाएर संभव छैन अन्य बलियो स्रोत चाहिन्छ ।
जिल्लाका २३ उच्च मावि चन्दाकै भरमा साचालन भएका हुन । चन्दा संकलन र स्थानीय सामुदायिक वनको घाँस बेचेर उच्चमावि साचनल गर्न स्थानीय कस्सिएका छन । जिल्लाको ४२ गाविसको सबै माविलाई उच्च मावि बनाउने योजना रहेको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत मित्रमणी खनालले बताए । माग बढदो छ खनालले भने । नीजि स्रोत साचालन भएकँ सबै उच्च माविमा स्नाकोत्तर उतीर्ण गरेका शिक्षक छन । १२ कक्षाको परीक्षा दिएपछि २ जना शिक्षकको दरबन्दी दिने भएको छ ।